नेपालगन्ज नर्सिङ्ग कलेजको क्याम्पस प्रमुखमा तुलसा सुनार

हेल्थपोस्ट/काठमाडौं
प्रकाशित
२०७७ जेठ २० गते १७:३०

त्रिभुवन विश्वबिद्यालय अन्तर्गत नेपालगन्ज नर्सिङ्ग कलेजको क्याम्पस प्रमुखमा तुलसा सुनार नियुक्त भएकी छन्।

त्रिभुवन विश्वबिद्यालय कार्यकारी परिषद्को बैठकले नेपालगन्ज उपमहानगर १० स्थित भृकुटीनगर निवासी सुनारलाई क्याम्पस प्रमुखमा नियुक्त गरेको हो। सुनार उक्त क्याम्पसमा उपप्राध्यापकका रुपमा कार्यरत थिइन्।

सुनारले क्याम्पसको भौतिक संरचना निर्माण तथा बिएसी कार्यक्रम लागु गर्ने कुरा आफनो प्राथमिकतामा रहेको बताइन्। ‘शिक्षक तथा कर्मचारीको अभाव तथा सुबिधाहरूका बारेमा मिलेर काम गर्नुपर्ने छ,’ उनले भनिन्, ‘सहकार्य समन्वयको भूमिकालाई प्रभावकारी ढंगले अगाढि बढाउने छु।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय