३८ हप्ताकी गर्भवतीमा कोरोना संक्रमण

थापाथलीस्थित परोपकार प्रसूति गृह तथा स्त्री रोग अस्पतालमा उपचाररत एक महिलामा कोरोना संक्रमण देखिएको छ । धादिङ घर भएकी ती महिला गत बुधबार अस्पताल भर्ना भएकी थिइन्।

संक्रमित महिला ३८ हप्ताकाे गर्भवती रहेको अस्पतालका निर्देशक डा. जागेश्वर गौतमले बताए। ती महिलालाई ज्वरोको समस्या रहेको रहेको डा.गौतमले जानकारी दिए । ‘उनी ज्वरो जस्ता समस्या देखिएर अस्पताल भर्ना हुनुभएको थियो,’ डा. गौतमले भने, ‘आज पिसिआर रिपाेर्ट पोजेटिभ देखियो।’

कोभिड अस्पतालमा थप उपचारका लागि रिफर गर्न छलफल भइरहेको डा. गौतमले बताए। ‘हामीले डेलिभरी मात्र गर्ने गर्छौ,’ उनले भने, ‘कोरोना संक्रमण भएका लागि अन्य अस्पतालमा उपचार हुन्छ।’

गर्भवतीको सम्पर्कमा आएका चिकित्सक,नर्स लगायत स्वास्थ्यकर्मीको कन्ट्याक्ट ट्रेसिङ सुरु भइसकेको डा. गौतमले जानकारी दिए ।

स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाको तथ्यांकअनुसार चैत ११ देखि लकडाउन सुरु भएसँगै यो अवधिमा ३० जना गर्भवती र सुत्केरीको मृत्यु भएको तथ्यांक छ। अधिकांश घटनामा नवजातको मृत्युसमेत भएको छ।

मृत्यु हुनुको प्रमुख कारण लकडाउनका समयमा स्वास्थ्य यातायात अभावले स्वास्थ्य संस्था पुर्याउन हुने ढिलाइसँगै उपचारमा सिर्जित असहज अवस्था, गर्भावस्थाको नियमित जाँच नहुन रहेको विज्ञले बताएका छन्।

मगंलबार मात्र देशभरका विभिन्न स्थानमा २ सय ८८ जनालाई कोरोना संक्रमण देखिएको छ । काठमाडौं मेडिकल कलेजमा कार्यरत ४ स्वास्थ्यकर्मीमा संक्रमण पुष्टि भएको छ। हालसम्म कोरोनाका कारण ८ जनाले ज्यान गुमाइसकेका छन्।

लकडाउनमा ३० मातृमृत्यु, अस्पताल पुगेरै पनि जोगिएन २८ को ज्यान

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय