बुधबारदेखि पुरानै पासले आवतजावत गर्न पाइने
सरकारले लकडाउन थप गरेपनि यसअघिका पासलाई मान्यता दिने भएको छ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंले मंगलबार सूचना जारी गर्दै २० गतेसम्मका लागि जारी भएका निलो रंगका पासले नै आवतजावत गर्न सकिने बताएको छ।
यसअघि वितरण गरिएको पास नवीकरण गरिरहनु नपर्ने आयोगका प्रशासकीय अधिकृत मानबहादुर बुढाले बताए।
यसअघि जारी भएका ७ दिने र त्योभन्दा बढी समय भएका पासले आवतजावत गर्न कुनै समस्या नहुने प्रशासनले जनाएको छ।
अब सवारी पास आवश्यक पर्नेले जिल्ला प्रशासनको इमेल वा फेसबुकमा प्रमाण खुल्ने कागजात पठाउनु पर्नेछ। जिल्ला प्रशासन कार्यालयमा पास लिनेको भीड जम्मा भई कोरोना भाइरसको जोखिम बढ्न सक्ने भन्दै इमेल वा फेसबुकबाटै कागजात पठाउने व्यवस्था गरेको हो।