लोकसेवाको परीक्षामा सहभागी हुन पिसिआर रिपाेर्ट अनिवार्य

हेल्थपोस्ट/काठमाडौं
प्रकाशित
२०७७ जेठ २० गते १६:४७

लोकसेवा आयोगले राजपत्राङ्कित प्रथम श्रेणी (सहसचिव वा सो सरह) को परीक्षामा सहभागी हुने उम्मेद्वारलाई अनिवार्य रूपमा कोरोना परीक्षणको रिपोर्ट बुझाउन भनेको छ।

आयोगका सूचना अधिकारी देवीप्रसाद सुवेदीले काठमाडौं बाहिर कार्यरत तथा लकडाउनका बेला काठमाडौं बाहिर गएर फर्केका उम्मेद्वारले कोरोनाको पिसिआर परीक्षण रिपोर्ट अनिवार्य बुझाउनुपर्ने भन्दै मंगलबार सूचना निकालेका हुन्।

‘काठमाडौं उपत्यकाबाहिर कार्यरत रहेका वा काम विशेषले लकडाउनमा उपत्यका बाहिर गई आएका उम्मेद्वारहरूले अन्तर्वार्ता अगावै आफ्नो पिसिआर परीक्षण गराई सो को सक्कल रिपोर्ट आयोगको केन्द्रीय कार्यालयको अन्तर्वार्ता तथा सिफारिस शाखामा अनिवार्य बुझाउनु पर्नेछ,’ आयोगले निकालेको सूचनामा भनिएको छ।

कोरोना परीक्षणमा कुनै समस्या आइपरेमा आयोगका उपसचिव सन्तोष दाहाललाई ९८५१०९६११८ नम्बरमा सम्पर्क गर्न सकिने पनि सूचनामा उल्लेख गरिएको छ।

आयोगले सोमबार सहसचिव वा सो सरह (प्राविधिक र अप्राविधिक) का लागि परीक्षा र अन्तर्वार्ताका लागि नयाँ कार्यतालिका जारी गरेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय