नेपालमा थप २८८ जनामा कोरोना संक्रमण

नेपालमा विभिन्न जिल्लामा थप २८८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित कोरोना ब्रिफिङका क्रममा मगंलबार प्रवक्ता डा. विकास देवकोटाले थप २८८ जनामा कोरोना संक्रमण देखिएको बताए ।

विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा सो संक्रमण देखिएको हो। हालसम्म २६६ जना कोरोना संक्रमणबाट निको भएर घर फर्किएका छन् । मगंलबार २७० जना पुरुष र १८ जना महिलामा संक्रमण पुुष्टि भएको हो ।

यो सँगै नेपालमा नेपालमा संक्रमितको संख्या २ हजार ९९ पुगेको छ । संक्रमण देखिएकामध्ये १९४९ जना पुरुष रहेका छन् भने जना १५० महिला रहेका छन्।
मन्त्रालयका अनुसार हालसम्म देशका ६१ जिल्लामा संक्रमण देखिएको छ। संक्रमण देखिएकामध्ये ८ जनाको मृत्यु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय