प्रदेश २ मा एकैदिन १२० जनामा कोरोना संक्रमण पुष्टि

 

प्रदेश २ मा मंगलबार १२० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा प्रदेश २ मा १२० जनामा कोरोना संक्रमण पुष्टि भएको हो। १२० जना थपिएसँगै प्रदेश २ मा कोरोनाबाट संक्रमित हुनेको संख्या ८१५ पुगेको छ।

मंगलबार सबैभन्दा बढी रौतहटमा ७४ जनामा संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ। यसैगरी धनुषामा ४, महोत्तरीमा २, बारामा एक, सिरहामा १७, सप्तरीमा १ र सर्लाहीको २१ जनामा संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयका सचिव रामप्रसाद घिमिरेले जानकारी दिए।

धनुषामा संक्रमण पुष्टि भएकामध्ये एकजना नेपाली सेनाका जवान रहेको बुझिएको छ। धनुषाको गंगुलीस्थित क्वारेन्टाइनमा उनको स्वाब संकलन भएको थियो। जटही नाकाम खटिएका श्रीनाथ गणका एकजना नेपाली सेनाको जवानमा संक्रमण पुष्टि भएको क्वारेन्टाइन संयोजक सन्तोष ठाकुरले जानकारी दिएका छन्।

नेपाली सेनाका जवानबाहेक मंगलबार संक्रमण पुष्टि भएकाहरु छिमेकी भारतबाट फर्केर क्वारेन्टाइनमा रहेको बताइएको छ। संक्रमणको दर बढ्दै गएपछि प्रदेश २ मा आइसोलेसनको समेत अभाव हुन थालेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय