भारतमा २४ घन्टामा कोरोनाबाट २०४ जनाको मृत्यु, ८ हजारभन्दा बढी संक्रमित

कोरोना भाइरसको संक्रमणबाट भारतमा बितेको २४ घन्टामा २ सय ४ जनाको मृत्यु भएको छ भने ८ हजार भन्दाबढी नयाँ संक्रमित थपिएका छन्।

भारतमा १ लाख ९८ हजार ७ सय ६ जनामा कोरोनाको संक्रमण रहेको पुष्टि भएको छ भने ५ हजार ६ सय ८ जनाको ज्यान गएको छ। बितेको २४ घण्टामा मात्रै भारतमा ८ हजार १ सय ७८ जना नयाँ संक्रमित थपिएका छन्।

भारतमा रहेका भाइरसका संक्रमितमध्ये ९५ हजार ७ सय ५४ जना उपचारपछि निको भई घर फर्किसकेका छन् भने ८ हजार ९ सय ४४ जनाको अवस्था गम्भिर रहेको छ।

भारतको महाराष्ट्र भाइरसबाट सबेभन्दा बढी प्रभावित बनेको छ। महाराष्ट्रमा २ हजार ३ सय ६२ जनाको मृत्यु भएको छ भने ७० हजारबढीमा संक्रमण देखिएको छ। संक्रमितमध्ये ३० हजार १ सय ८ जना निको भएका छन्।

त्यस्तै दिल्लीमा रहेका २० हजार ८ सय ३४ जना संक्रमितमा ५ सयउ २३, तामिलनाडुका २३२ हजार ४ सय ९५ मा १ सय ८४,गुजराततका १७ हजार २ सयमा १ जार ६३, उत्तर प्रदेशका ८ हजार ७५ मा २ सय १७,बिहारका ३ हजार ९ सय २६ मा २४ र झारखण्डमा रहेका ६ सय ५९ जना संक्रमितमध्ये ५ जनाको भाइरसका कारण मृत्यु भएको छ।

भारतमा अहिलेसम्म ३९ लाख ६६ हजार ७५ जनाको स्वास्थ्य परीक्षण गरिएको छ।

विश्वभर कोरोना भाइरसका कारण ३ लाख ७७ हजथार ५ सय ११५ जनाको मृत्यु भएको छ भने ६३ लाख ७० हजार ७ सय ६३ जनामा संक्रमण रहेको पुष्टि भइसकेको छ। संक्रमितमध्ये २९ लाख ४ हजार ६ सय ९१ जना उपचारपछि निको भई घर फर्किसकेका छन्।

नेपालमा कोरोना भाइरसको संक्रमणबाट८ जनाको मृत्यु भएको छ भने १ हजार ८ सय ११ जनामा संक्रमण रहेको पुष्टि भएको छ। संक्रमितमध्ये २ सय २१ जना निको भएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय