आइसियु नर्सले पनि तलब पाएनन्, क्रिटिकल केयर नर्स संघको अपत्ति

कोभिड–१९ उपचारमा अग्रमोर्चामा खटिएका नर्सलाई नै तलब नदिइएको र कामबाट निकालिको भन्दै सघन उपचारका काम गर्ने नर्सहरुको संस्था क्रिटिकल केयर नर्सेस एशोसियासन अफ नेपालले ले आपत्ति जनाएको छ ।

एशोसियासनका तर्फबाट अध्यक्ष लक्ष्मी केसी र महासचिव कविता सिटौलाले संयुक्त रुपमा विज्ञाप्ति जारी गरेर महामारीको अवस्थामा गरिएको यस्तो कार्यको घोर भत्र्सना गरिएको छ ।

विज्ञाप्तिमा कुन/कुन संस्थाले नर्सेसलाई निकालेको भन्ने खुलाइएको छैन् । ‘महामारीमा फ्रन्टाइनमा काम गर्ने नर्सको पारिश्रमिक नदिने र कामबाट निकाल्ने कार्य भइरहेको’ विज्ञाप्तिमा उल्लेख छ ।

अस्पतालका आइसियु र अग्रपंतीमा काम गर्ने नर्स तथा स्वास्थ्यकर्मीलाई पारिश्रमिक नदिने र कामबाट निकाल्ने कामप्रति आपत्ति जनाउँदै त्यस्ता कार्यको अनुगमनगरी नियन्त्रण गर्नसमेत संघले माग गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय