अमेरिकामा कोरोनाबाट २४ घन्टामा ७ सयभन्दा बढीको मृत्यु

कोरोना भाइरसको संक्रमणबाट अमेरिकामा बितेको २४ घन्टामा ७ हजारबढीक मृत्यु भएको छ भने २१ हजारभन्दा बढी नयाँ संक्रमित थपिएका छन्। योसँगै अमेरिकामा भाइरसबाट ज्याम गुमाउनेको संख्या १ लाख ६ हजार ९ सय १६ जना पुगेको छ।

बितेको २४ घण्टामा मात्रै ७ हजार २१ जनाको भाइरसका कारण ज्यान गएको वोर्ल्डोमिटरले जनाएको छ। बितेको २४ घण्टामा मात्रै अमेरिकामा २१ हजर ३ सय ७९ जनामा संक्रमण रहेको पुस्टी भएको छ।

अमेरिकामा अहिलेसम्म १८ लाख ५८ हजार ५ सय ४९ जनामा भाइरसको संक्रमण रहेको पुस्टी भएको छ भने ६ लाख १२ हजार ६ सय ४९ जना उपचारपछि निको भइ घर फर्किसकेका छन्। संक्रमितमध्ये १६ हजार ९ सय ४७जनाको अवस्था गम्भिर रहेको छ। अमेरिकामा १८ करोड १४ लाख ८ हजार ६ सय ८३ जनाको स्वास्थ्य परीक्षण गरिएको छ।

ब्राजिलमा ५ लाख २६ हजार ४ सय ४७ जनामा भाइरसको संक्रमण देखिएको छ भने २९ हजार ९ सय ६३७जनाको मृत्यु भएको छ। बितेको चौबिस घण्टामा ब्राजिलला ११ हजार ६ सय २८ जना नया संक्रमित थपिएका छन। रसियामा रहेका ४ लाख १४ हजार ८ सय ७८ जना संक्रमितमध्ये ४ हजार ८ सय ५५ जनाको ज्यान गएको छ। बितेको चौबिस घण्टामा ९ हजार ३५ जनामा थप संक्रमण पुस्टि भएको छ।

त्यस्तै, स्पेनका २ लाख ८६ हजार ७ सय १८ मा २७ हजार १ सय २७, बेलायतका २ लाख ७६ हजार ३ सय ३२ मा ३९ हजार ४५, इटालिका २ लाख ३३ हजार १ सय ९७ मा ३३ हजार ४ सय ७५, फ्रान्सका १ लाख ८९ हजार २ सय २० मा २८ हजार ८ सय ३३, जर्मनिका १ लाख ८३ हजार ७ सय ६५ मा ८ हजार ६सय १८ जना र भारतमा रहेका १ लाख ९८ हजार ३ सय ७० जना भाइरसका संक्रमितमध्ये ५ हजार ६ सय ८ जनाको मृत्यु भएको छ। भारतमा कोरोनाका कारण बितेको चौबिस घण्टामा २ सय भन्दा बढीको मृत्यु भएको छ भने ७ हजार ७ सय ६१ जना नयाँ संक्रमित थपिएका छन्।

योसँगै बिश्वभर कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्या ३ लाख ७७ हजार १ सय ४७ पुगेको छ भने ६३ लाख ६१ हजार २ सय २१ जना संक्रमित भएका छ्न। संक्रमितमध्ये २८लाख ९९ हजार ९ सय ८३ जना उपचारपछि निको भइ घर फर्किसकेका छन्।

नेपालमा अहिलेसम्म कोरोना भाइरसबाट ८ जनाको मृत्यु भएको छ भने १ हजार ८ सय ११ जनामा संक्रमण रहेको पुस्टी भएको छ। संक्रमितमध्ये २ सय २१ जना निको भएका छन। बितेको चौबिस घण्टमा नेपालमा २ सय ३९ जना नयाँ संक्रमित थपिएका छन्। बाँकी मृतक र संक्रमितको संख्या अन्य देशमा रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय