कोरोना संक्रमित संख्या १८ सय नाघ्यो

नेपालमा कोरोना संक्रमित १ हजार ८ सय ११ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । प्रादेशिक जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा थप १३ जनामा संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा संक्रमित संख्या १ हजार ८ सय ११ पुगेको मन्त्रालयले जनाएको हो ।

रुपन्देहीमा गरीएको परीक्षणमा पाल्पा निस्दी गाँउपालिका १७ र ३६ वर्षका पुरुषमा संक्रमण देखिएको हो । नवलपरासीको सरावल गाँउपालिका ६ वर्षका बालकमा पनि संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । त्यसैगरी, गुल्मी रेसुगा नगरपालिका २६ वर्षका पुरुषमा संक्रमण देखिएको छ ।

कपिलवस्तुको मायादेवी गाँउपालिका १९,२१,२६,२६, २७,३५ र ४० वर्षका पुरुषमा पनि कोरोना पुष्टि भएको छ । रुपन्देहीको गैडहवा गाउँपालिकामा ३ वर्षे बालिका र ५४ वर्षका पुरुष संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयलको अनुसार हालसम्म ५९ जिल्ला कोरोना संक्रमण फैलिएको छ । संक्रमण देखिएकामध्ये ८ जनाको मृत्यु भएको छ। हालसम्म कुल संक्रमित मध्ये २२१ निको भएर डिस्चार्ज भएका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय