कोरोनामात्र होइन, डेंगुलाई पनि ध्यान दिउँ

नेपालमा कोरोना भाइरस डिजिज (कोभिड–१९) को संक्रमण बढिरहेको छ। यो अवस्थामा कोभिड–१९ बाहेक अन्य रोगहरू पनि बढ्न सक्ने सम्भावना छ। वर्षायाम सुरु भइसकेको छ। यो अवस्थामा क्वारेन्टाइन, घर र कामकाजको सिलसिलामा बाहिर जाँदा कोभिडबाहेक अन्य खालका सरुवा तथा ट्रपिकल रोग हुनसक्छ।

जसमा मुख्य गरेर डेंगु, मलेरिया, झाडापखाला, सर्पदंशलगायतका रोगहरू देखा पर्दछ। गतवर्ष महामारीको रूपमा डेंगु फैलिएको थियो। यसवर्ष पनि यसको जोखिम कायम छ। नेपालमा डेंगु सन् २००४ देखा परेको थियो। हरेक वर्ष डेंगुको विभिन्न ठाउँमा प्रकोपको रूपमा देखिँदै आएको छ।

२–३ वर्षको अन्तरालमा डेंगुले महामारीको रूप लिएको छ। डेंगुका बिरामीहरू सामान्यता वैशाखदेखि मंसिरसम्म देखिन्छन्। गतवर्ष डेंगुले ६८ जिल्ला प्रभावित पारेको थियो भने १६ हजारभन्दा बढी संक्रमित भएका थिए। ६ जनाको डेंगुका कारण मृत्यु भएको थियो।

पुस महिनादेखि हालसम्म हेर्ने हो भने ८२ जनामा डेंगु संक्रमण देखा परिसकेको छ। २६ जिल्ला प्रभावित भएका छन्। त्यसमध्ये रूपन्देहीमा ३५, म्याग्दीमा १२ र मकवानपुर, गोरखा र तनहुँमा १–१ जनामा संक्रमण पुष्टि भएको थियो।

पुस महिनादेखि हालसम्म हेर्ने हो भने ८२ जनामा डेंगु संक्रमण देखा परिसकेको छ। २६ जिल्ला प्रभावित भएका छन्। त्यसमध्ये रूपन्देहीमा ३५, म्याग्दीमा १२ र मकवानपुर, गोरखा र तनहुँमा १–१ जनामा संक्रमण पुष्टि भएको थियो।

कास्कीमा १०, काठमाडौंमा ७, नवलपरासीमा १, बागलुङमा २, ललितपुरमा ४, सुनसरीमा ४, पाल्पामा १, नवलपरासी पश्चिममा १, मोरङमा ३, कपिलवस्तुमा ३, तेह्रथुममा २, बाँकेमा १, डडेलधुरामा १, दाङमा १, झापामा १, उदयपुरमा १, नुवाकोटमा १, कैलालीमा २, धनकुटामा २, रामेछापमा १, धादिङमा २ जना डेंगुका बिरामी देखिएका थिए।

विश्वमा पनि यो रोगको संक्रमण बढिरहेको छ। लगभग विश्वका आधा जनसंख्या डेंगुको जोखिममा छन्। डेंगुका बिरामी धेरै जनामा सामान्य लक्षण देखिए तापनि केही बिरामीमा कडा खालको लक्षण देखा पर्छ।

समयमै उपचार नपाएको व्यक्तिको मृत्युसमेत हुन्छ। डेंगु रोग एडिज लामखुट्टेको टोकाइबाट सर्छ। जुन लामखुट्टे अलि लामो आकारको छिर्केमिर्के रङको हुने गर्छ। जुन लामखुट्टे सहरी तथा सहरोन्मुख ठाउँमा बढी पाइने गर्छ।

डेंगु ज्वरो छोटो समयमा सम्पर्क हुने भाइरल रोग हो। यसका लक्षणहरूमा एक्कासि ३ देखि ५ दिनसम्म ज्वरो आउने, टाउको दुख्ने, शरीरको मांसपेसी तथा जोर्नी दुख्ने, आँखाको गेढी दुख्ने, अल्छीपन महसुस हुने, पेट तथा आन्द्रामा गढबढ भएर दाग देखिने गर्छ।

केही बिरामीको शरीरमा सुरुमा बिमिरा जस्तै डाबर पनि देखिन्छ। ज्वरो आएको अवस्थामा नाक तथा गिजाबाट रगत बग्ने हुन्छ। डेंगु हेमोरोजिक फिवर जुन गम्भीर खालको रोग हो। यो भएको अवस्थामा बिरामीको मृत्युसमेत हुन्छ।

यस्ता बिरामीको विशेष हेरचाहका लागि अस्पतालमा भर्ना हुनुपर्छ। चिकित्सकको सल्लाहबिना कुनै पनि औषधी सेवन गर्नु हुँदैन। विशेष गरेर आइबु्रफिन जस्ता औषधीको प्रयोग गर्नु हुँदैन।

डेंगु ज्वरो पनि कोरोनाजस्तै भाइरसबाट हुने रोग हो। डेंगुको पनि हालसम्म खोपको विकास हुने सकेको छैन। यसको कुनै औषधी हामीसँग रहेको छैन। त्यसैले डेंगुबाट बच्नु नै सबैभन्दा उत्तम उपाय हो।

डेंगुबाट बच्नका लागि पूरा शरीर ढाक्ने कपडा लगाउनुपर्छ। डेंगु सार्ने एडिज लामखुट्टे मानिसको बस्तीवरपर प्राकृतिक तथा कृत्रिम रूपमा जमेको पानी, गमला, टायल, बाटा, खुला बोतलमा फुल पारेर विकसित हुने भएकाले तत्कालै लामखुट्टेको वासस्थान, लार्भा तथा फूलको नस्ट गर्ने काम गर्नुपर्छ।

थोरै पानी जम्ने ठाउँमा पनि पानी जम्न नदिई समय–समयमा सफा गनुपर्छ। दिउँसो सुत्दा झुलको प्रयोग गनुपर्छ। डेंगु ज्वरो आएमा नजिकको स्वास्थ्य संस्थामा तुरुन्त सम्पर्क गर्नुपर्छ। जुन रोग चिकित्सक तथा स्वास्थ्यकर्मीको प्रत्यक्ष निगरानीमा उपचार गरे निको हुन्छ।

डेंगु ज्वरो पनि कोरोनाजस्तै भाइरसबाट हुने रोग हो। डेंगुको पनि हालसम्म खोपको विकास हुने सकेको छैन। यसको कुनै औषधी हामीसँग रहेको छैन। त्यसैले डेंगुबाट बच्नु नै सबैभन्दा उत्तम उपाय हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय