प्रदेश २ मा कोरोना संक्रमितको संख्या ६९५ पुग्यो

प्रदेश २ मा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ६९५ पुगेको छ। सोमबार थप ८२ जनामा संक्रमण पुष्टि भएसँगै प्रदेश २ मा कोरोना संक्रमितको संख्या ६९५ पुगेको हो।

सामाजिक विकास मन्त्रालयले सार्वजनिक गरेको विवरणअनुसार पछिल्लो २४ घण्टामा सप्तरीमा १२, सिरहामा ५, धनुषामा ७, महोत्तरीमा २, सर्लाहीमा ३८ र रौतहटमा १८ जनामा संक्रमण पुष्टि भएको छ।

सप्तरी जिल्लाको राजगढ गाउँपालिका स्थित नरघो माध्यमिक विद्यालयमा रहेको क्वारेन्टाइनमा रहेका १ देखि १८ बर्ष उमेर समुहको १ जना, १८ देखि ४० बर्ष उमेर समुहको १० जना र ४० देखि ७० बर्ष उमेर समुहको १ जना पुरुषहरूमा कोरोना संक्रमणको पुष्टि भएको हो। उनीहरू सवै जना छिमेकी मुलुक भारतबाट आएर नरघो माध्यमिक विद्यालयको क्वारेन्टाइनमा बस्दै आएको बुझिएको छ।

सिराहा जिल्लामा भने सिराहा नगरपालिका स्थित सूर्य नारायण सत्य नारायण मरबैता क्याम्पसको होस्टेलमा सञ्चालित क्वारेन्टाइनमा बस्दै आएका १८ देखि ४० बर्ष उमेर समुहका २ जना र १८ देखि ४० बर्ष उमेर समुहका ३ जना पुरुषहरूमा कोरोना संक्रमणको पुष्टी भएको छ। उनीहरू छिमेकी मुलुक भारतबाट आएर क्वारेन्टाइनमा बस्दै आएका थिए।

धनुषा जिल्लाको धनौजी गाउँपालिका स्थित शंकर माध्यमिक विद्यालयको क्वारेन्टाइनमा रहेका १ बर्ष १८ बर्ष देखि ४० बर्ष उमेर समुहका ४ जना, प्रादेशिक अस्पताल जनकपुरमा गरिएको स्वाव संकलनको परिणाम अनुसार १८ बर्ष देखि ४० बर्ष उमेर समुहका १ जना र धनुषा जिल्लाकै हंसपुर नगरपालिका स्थित नवापुर माध्यमिक विद्यालय बघचौरा क्वारेन्टाइनमा रहेका १८ बर्ष देखि४० बर्ष उमेर समुहका २ जना पुरुषहरूमा कोरोना संक्रमणको पुष्टि भएको हो। धनुषाको धनौजी गाउँपालिका र हंसपुर नगरपालिकामा कोरोना पुष्टि भएका ६ जना नै छिमेकी मुलुक भारतबाट आएको बुझिएको छ।

महोत्तरी जिल्लाको लोहारपट्टी नगरपालिकास्थित शिबचन्द्र आश्रममा सञ्चालित क्वारेन्टाइनमा रहेका बर्ष १८ र सोही जिल्लाको रामगोपालपुर नगरपालिका स्थित महेन्द्र माध्यमिक विद्यालयको क्वारेन्टाइनमा रहेका बर्ष १८ कै २ जना पुरुषहरूमा कोरोना संक्रमण पुष्टि भएको छ। उनीहरू पनि छिमेकी मुलुक भारतबाट आएको बुझिएको छ।

सर्लाही जिल्लाको कबिलाशी नगरपालिका स्थित अगरवा माध्यमिक विद्यालयको क्वारेन्टाइनमा रहेका ९ बर्षिया बालिका र २६ बर्षिया महिलामा कोरोना संक्रमणको पुष्टि भएको छ।

त्यसैगरी सोही क्वारेन्टाइनमा रहेका १४ बर्षिय बालक सहति १ देखि १८ बर्ष उमेर समुहका ५ जना, १८ देखि ४० बर्ष उमेर समुहका २६ जना, ४० देखि ७० बर्ष उमेर समुहका २ जना र ७० बर्ष भन्दा बढी उमेर समुहका १ जना पुरुषहरूमा कोरोना संक्रमणको पुष्टि भएको छ।

कबिलासी नगरपालिका स्थित अघरवा माध्यमिक विद्यालयमा रहेका क्वारेन्टाइनमा रहेका सम्पूर्ण संक्रमितहरू छिमेकी मुलुक भारतबाट आएको बुझिएको छ। सर्लाही जिल्लाकै हरिपुर नगरपालिकामा रहेको क्वारेन्टाइनमा रहेका १८ देखि ४० बर्ष उमेर समुहका २ जना पुरुषहरूमा समेत कोरोना संक्रमणको पुष्टि भएको छ।

रौतहट जिल्लाको यमुनामाई गाउँपालिका स्थित जनता माध्यमिक विद्यालय सरुवाथामा सञ्चालित क्वारेन्टाइनमा रहेका २२ बर्षिय महिला र १८ देखि ४० बर्ष उमेर समुहका ३ जना पुरुषहरूमा कोरोना संक्रमणको पुष्टी भएको छ।

रौतहट जिल्लाकै परोहा नगरपालिका स्थित लौकाहा माध्यमिक विद्यालयमा सञ्चालित क्वारेन्टाइनमा रहेका १८ बर्ष देखि ४० बर्ष उमेर समुहका १३ जना र ४० देखि ७० बर्ष उमेर समुहका १ जना गरी कुल १४ जना पुरुषहरूमा कोरोना संक्रमणको पुष्टि भएको छ। रौतहटका दुवै क्वारेन्टाईमा रहेका कोरोना संक्रमितहरू छिमेकी मुलुक भारतबाट आएको बुझिएको छ। यस २ नम्वर प्रदेशमा हालसम्म ९९ जना कोरोना संक्रमितहरू उपचार पश्चात निको भएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय