बिर्तामोड नगरपालिकालाई २ थान स्वाब कलेक्सन बुथ प्रदान

राजेन्द्र गौतम/झापा
प्रकाशित
२०७७ जेठ १९ गते १७:४८

झापाको बिर्तामोड नगरपालिकालाई दुई थान स्वाब कलेक्सन बुथ प्रदान गरिएको छ। उक्त उपकरण काठमाडौंका व्यवसायी डिन्सन बोहोराले उपलब्ध गराएका हुन्।

बोहोराले रोटरी क्लब अफ बिर्तामोड र रोट्याक्ट क्लब अफ बिर्तामोडमार्फत बुथ उपलब्ध गराएका हुन्।

रोटरी क्लब अफ बिर्तामोडका प्रेसिडेन्ट निर्मल भट्टराई लगायतको टोलीले नगरपालिकाका उपप्रमुख पवित्रा महतरालाई हस्तान्तरण गरेको रेडक्रस सोसाइटी बिर्तामोड उपशाखा सभापति सजेश शिवाकोटीले बताए।

बुथ मेची आँखा अस्पताल र कञ्चनजंघा टेक्निकल इन्स्टिच्यूट होल्डिङ सेन्टरमा राखिने उपप्रमुख महताराले बताइन्। यसअघि बोहोराले एकका लागि एक अभियानमार्फत् पाँच सय वटा भिटिएम सहयोग गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय