सुदूरपश्चिम प्रदेशको नीति तथा कार्यक्रम- रोगबाट बचाऔं, भोकबाट जोगाऔं

सुदूरपश्चिम प्रदेश सरकारले आगामी बर्ष २०७७/०७८ मा ‘रोगबाट बचाऔं, भोकबाट जोगाऔं’ नीति अबलम्बन गर्ने भएको छ।

सुदूरपश्चिम प्रदेशको आगामी बर्ष २०७७/०७८ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै प्रदेश प्रमुख शर्मिला कुमारी पन्तले कोरोना महामारी बाट बचाउन तथा नागरिकलाई भोकमरीमा पर्न नदिन ‘रोगबाट बचाऔं, भोकबाट जोगाऔं’ भन्ने नीतिका साथ प्रदेश सरकारले काम गर्ने उल्लेख गरिन्। यसै गरी बालिकाको शुनौलो भविश्य निर्माणका लागि ‘बालिका वीमा’को नीतिगत व्यवस्था गरिने सरकारको नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ।

कोरोनालाई लक्षित गरी हरेक स्थानीय तहमा १५ शैयाको अस्पताल निर्माणका लागि पहल थालिने, स्वास्थ्य वीमा कार्यक्रमलाई थप विस्ता गरिने, देश तथा विदेशबाट फर्कर रोजगारी गुमाएका युवाहरूलाई शिपका आधारमा आयमा पहुँच पु-याउने तथा स्वरोजगार विकास कोष मार्फत विनाधितो ऋण उपलब्ध गराईने निती तथा कार्यक्रममा समेटिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय