झापा बाह्रदशीका दुई जनामा कोरोना पुष्टि

झापामा सोमबार थप दुई जनामा कोरोना पुष्टि भएको छ। बाह्रदशी गाउँपालिका- ४ बस्ने ३२ वर्षीय र ३ नम्बर वडाका ४६ वर्षीय पुरुषमा कोरोना पोजेटिभ देखिएको हो।

कोसी अस्पताल विराटनगरको प्रयोगशालामा गरिएको परीक्षणमा कोरोना संक्रमण पुष्टि भएको झापाका प्रमुख जिल्ला अधिकारी उदयबहादुर राना मगरले जानकारी दिए।

सङ्क्रमित भारतको महाराष्ट्रबाट आएका हुन्। उनीहरूमध्ये ३२ वर्षीय पुरुष जेठ ७ गते र ४६ वर्षीय पुरुष जेठ १३ गते आएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख राम साहले जानकारी दिए।

उनका अनुसार वडा नम्बर- ३ स्थित पशुपति माविको क्वारेन्टाइनमा बसेका १२ जनाको स्वाब सङ्कलन गरिएको थियो। त्यसमध्ये दुई जनाको रिपोर्ट पोजेटिभ र बाँकीको नेगेटिभ आएको हो।

यसअघि पनि बाह्रदशीमा दुई जनामा कोरोना पुष्टि भइसकेको छ। झापाको कचनकवलमा एक सय जना, गौरीगञ्जमा चार जना, गौरदाहमा दुई जना, दमक नगरपालिका, भद्रपुर नगरपालिका र झापा गाउँपालिकामा एक एक जना सङ्क्रमित भेटिसकेका छन्। योसँगै झापामा कोरोना संक्रमितको संख्या ११३ पुगेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय