नेपालमा थप २२६ मा कोरोना संक्रमण, संक्रमित संख्या पुग्यो १७९८

नेपालमा विभिन्न जिल्लामा थप २२६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। योसहित नेपालमा संक्रमण संंख्या १७९८ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित कोरोना ब्रिफिङका क्रममा सोमबार प्रवक्ता डा. विकास देवकोटाले कुल संक्रमित १७९८ पुगेको जानकारी दिए।
विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा सो संक्रमण देखिएको हो। सोमबार २१३ जना पुरुष रहेका छन् भने १३ महिला संक्रमण पुष्टि भएको हो ।

कुल संक्रमित मध्ये १ हजार ६ सय ६७ पुरुष र १३१ महिलामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।  प्रदेशगत विवरण हेर्दा प्रदेश १ मा १६८, प्रदेश २ मा ६९४, वागमती प्रदेशमा ४६, गण्डकी प्रदेशमा २६, प्रदेश ५ मा ६२१, कणार्ली प्रदेशमा १९८ र सुदुपश्चिम प्रदेशमा ४५ जनामा संक्रमण पुष्टि भएको छ ।

मन्त्रालयलको अनुसार हालसम्म ५९ जिल्ला कोरोना संक्रमण फैलिएको छ । संक्रमण देखिएकामध्ये ८ जनाको मृत्यु भएको छ।  हालसम्म कुल संक्रमित मध्ये २२१ निको भएर डिस्चार्ज भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय