कर्णालीमा थपिए ७५ कोरोना संक्रमित

कर्णाली प्रदेशमा आज थप ७५ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ।

कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयले जारी गरेको पछिल्लो विज्ञप्ती अनुसार सुर्खेतस्थित प्रादेशिक प्रयोगशाला र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्लामा गरिएको परीक्षणबाट थप ७५ जनामा कोरोना पुष्टि भएको हो।

यससँगै कर्णालीमा कुल संक्रमित संख्या १९८ पुगेको मन्त्रालयले जनाएको छ। त्यसमध्ये एक जनाको मृत्यु भैसकेको छ।

नयाँ पुष्टि भएकाहरूमा दैलेखका ४१ जना, सल्यानका १० जना, सुर्खेतका ५ जना र जुम्लाका १९ जना छन्।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय