क्वारेन्टाइनमा खटिएकाहरूका लागि पिपिई सहयोग

कैलालीको गोदावरी नगरपालिका-११ र १२ का विभिन्न विद्यालयका क्वारेन्टाइनमा खटिनेहरूका लागि पिपिई सहयोग गरिएको छ।

गोदावरी- ११ घर भएकी समाजसेवी धनकला देवी ठकुरीले दुवै वडामा निर्माण गरिएका ६ वटा क्वारेन्टाइनमा सहयोग गर्दै आइरहेकाहरूका लागि ११ हजार बराबरको पिपिई सेट सहयोग गरेकी हुन्।

उनले यो महामारिको समयमा भारतबाट फर्किएर विभिन्न क्वारेन्टाइनमा बस्दै आएकाहरूको सहयोगका लागि खटिनेहरू जोखिम मोलेर सेवा गरिरहेको भन्दै सहयोग गरिएको बताइन्। मानवसेवना नै धर्म रहेकाले उच्च जोखिम मोलेरै भए पनि सेवा गरिरहेका युवाले पिपिई लगाएर काम गर्दा जोखिम कम हुनेभन्दै खुशी व्यक्त गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय