रुडुक कैलालीले गौरीफन्टा नाका पुगेर गर्यो खानाको व्यवस्था

कोरोना भाइरस महामारीको समयमा गौरीफन्टा नाका हुँदै भारतबाट आएका नेपालीहरूलाई सीमामै पुगेर रुडुक कैलालीले खानाको व्यवस्था गरेको छ।

भारतबाट आएका नेपालीहरू समस्यामा परेको भन्दै सहयोग गरिएको रुडुक कैलालीकी अध्यक्ष ममता शाहले बताइन्। उनले भारतबाट आएकाहरूलाई खानाको समस्या हुने गरेकोभन्दै आफूहरू सहयोग गर्न सीमामै पुगेको बताइन्।

विभिन्न व्यापारी संघसंस्था सामाजिक रुपान्तरणका लागि युवा परिचालन नेपाल तथा रुडुकको सहयोग र समन्वयमा बोर्डरमा एक हजारभन्दा धेरैलाई खाना खुवाइएको रुडुक कैलालीकी सचिव सुनिता रानाले बताइन्। रुडुकले सीमानामा पुगेर सर्वसाधारणका लागि खाना र पानीको व्यवगस्था गर्ने गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय