कोरोनाबाट भारतमा २४ घन्टामा २३० को मृत्यु, ८ हजारभन्दा बढी संक्रमित

भारतमा कोरोना भाइरसको संक्रमण दिनहुँ बढ्दो छ। दिनप्रतिदिन मृतक र संक्रमितको संख्या उकालो लागिरहेको छ।

भारतमा बितेको २४ घण्टामा मात्रै कोरोना भाइरसको संक्रमणबाट २ सय ३० जनाले ज्यान गुमाएका छन्। यस्तै ८ हजारभन्दा बढीमा संक्रमण पुष्टि भएको छ।

भारतमा कोरोना भाइरसको संक्रमणबाट अहिलेसम्म ५ हजार ४ सय ८ जनाको ज्यान गएको छ भने १ लाख ९० हजार ६ सय २२ जना संक्रमित रहेका छन्।

बितेको २४ घण्टामा भारतमा ८ हजार ३ सय ९२ जनामा भाइरसको संक्रमण रहेको पुष्टि भएको छ भने २ सय ३० जनाको ज्यान गएको छ। संक्रमितमध्ये ९१ हजार ८ सय १९ जना उपचारपछि निको भई घर फर्किसकेका छन्।

भारतमा महाराष्ट्र कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित बनेको छ। महाराष्ट्रमा भाइरसको संक्रमणबाट अहिलेसम्म २ हजार २ सय ८६ जनाको ज्यान गएको छ भने ६७ हजार ६ सय ५५ जना संक्रमित रहेका छन्। संक्रमितमध्ये २९ हजार २ सय २९ जना निको भएका छन्।

त्यस्तै दिल्लीमा रहेका १९ हजार ४ सय ४४ जना संक्रमितमा ४ सय ७३, मध्यप्रदेशका ८ हजार ८९ जनामा ३ सय ५०, उत्तर प्रदेशका ७ हजार ८ सय २३ मा २ सय १३, गसजरातमा १६ हजार ७ सय ७९ मा १ हजार ३८,तामिलनाडुका २२ हजार ३ सय ३३ मा १ सय ३३ जनाको मृत्यु भएको छ।

भारतमा अहिलेसम्म ३८ लाख ३७ हजार २ सय ७ जनाको स्वासथ्य परीक्षण गरिएको छ।

विश्वमा कोरोना भाइरसको संक्रमणबाट ३ लाख ७३ हजार ९ सय ६१ जनाको मृत्यु भएको छ भने ६२ लाख ६७ हजार ४ सय ५३ जनामा संक्रमण रहेको पुष्टि भएको छ। संक्रमितमध्ये २८ लाख ४७ हजार ५ सय ५७ जना उपचारपछि निको भई घर फर्किसकेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय