समुदायका स्वास्थ्यकर्मी : कोरोना संक्रमण व्यवस्थापनमा वरदान साबित हुन्छन्

चीन तथा एसियाका अधिकांश क्षेत्र, युरोप तथा अस्ट्रेलियालाई थिलोथिलो पार्दै संसारको गरिब मुलुकतर्फ कोरोना भाइरसको गति बढिरहेको छ।

सबैले यी राष्ट्रहरूमा कोरोना भाइरसको संक्रमण दर अति नै उच्च हुने प्रक्षेपण गरिरहेका छन्। मानिसको बाक्लो बस्ती, गरिबी, सरसफाइ तथा स्वच्छताको सीमित सुविधा र जीवनयापनका लागि काममा फर्कनुपर्ने बाध्यताले सामाजिक दूरी तथा एकान्तवासको विधि लगभग असम्भव प्रायः तुल्याएको छ।

यद्यपि यी राष्ट्रहरूबाट सफलताको कथा कोरिने र सबै मुलुकका लागि लागू हुनसक्ने खालको समाधान हुने अपेक्षा गरिएको छ। त्यस्तो क्षेत्रबाट जहाँका मानिस र प्रणाली समुदायस्तरको प्राथमिक स्वास्थ्य सेवाबाट पनि वञ्चित रहेका छन्।

कोभिड–१९ को सम्भाव्य जोखिमबाट सशंकित हुँदै रुवान्डादेखि पाकिस्तानका स्वास्थ्य मन्त्रालयहरूले आफ्नो मुलुकमा कोरोना भाइरसको पहिलो ‘केस’ दर्ज हुनुअगावै महामारीविरुद्ध सचेत एवं सतर्क योजना अघि सारिसकेका थिए।

कोरोना भाइरसका बिरामीको मात्र उपचारका लागि अस्पतालहरूको व्यवस्थापन गरे भने यात्राबाट फर्केका तथा सामान्य लक्षण देखिएका मानिसलाई राख्नका क्वारेन्टाइनको प्रबन्ध मिलाए । परीक्षण औजार (टेस्ट किट) तथा व्यक्तिगत सुरक्षा सामग्री (पिपिई) लगायतको आवश्यक सामाग्रीको खरिदसम्बन्धी प्रस्तावनाको विकासलाई दु्रत गराएर त्यससम्बन्धी प्रक्रियालाई गति दिएका थिए।

तर सुरुदेखिकै सावधानीयुक्त कदमका बाबजुद असुविधा सामना नगरेको भने पक्कै होइन।

डाक्टर तथा नर्सहरूको तुलनामा यस्ता समुदायमा आधारित स्वास्थ्यकर्मीहरू तालिम प्रदान गर्ने र पारिश्रमिक दिने दृष्टिकोणले कम खर्चिला मात्रै छैनन्, उनीहरू दिगो पनि हुन्छन्।

अत्यावश्यक आर्थिक स्रोत, आपूर्ति प्रणालीका साथसाथै आवश्यकीय सामग्रीको अभाव देखियो भने अन्तर्राष्ट्रियस्तरमा डरलाग्दो रूपमा बढिरहेको संक्रमणको दरले अझ तीव्र विषमताको सिर्जना ग-यो।

भारतमा आफूहरू संक्रमित हुने डरका कारण छिमेकीहरूले डाक्टरहरूलाई समाजबाट बहिस्कृत गरे। पाकिस्तानमा व्यक्तिगत सुरक्षा सामग्रीको मागसहित धर्नामा बसेका स्वास्थ्यकर्मीलाई हिरासतमा समेत लिइएको थियो ।

उता बंगलादेशमा कर्मचारीहरू कोभिड–१९ को डरका कारण कार्यस्थलबाट टाढा रहँदा कयौं क्लिनिक तथा अस्पतालहरूमा ताला लाग्यो। अधिक संख्याका स्वास्थ्यकर्मीहरू अनुपस्थित भएकै कारण बंगलादेशी सरकारले उनीहरूको तलब वृद्धिसहित जीवन बीमाको घोषणा गरेर काममा फर्कन प्रलोभन देखायो। यस्तो सुविधा अस्वीकार गर्ने स्वास्थ्यकर्मीलाई स्थायी रूपमा कामबाट हटाइनुका साथसाथै प्रेसमार्फत उनीहरूको निन्दासमेत गरिएको थियो।

गरिब राष्ट्रमात्र हैन कुनै पनि मुलुकले आफ्ना स्वास्थ्यकर्मीहरूको अमूल्य जीवनलाई जोखिममा पार्ने वा कामबाट हटाउने दुष्प्रयास गर्न सक्दैन। उनीहरूलाई जोखिममा पार्दै परिणामस्वरुप बिरामीहरूलाई संक्रमणको खतरामा राख्नुको सट्टा सरकारले वैकल्पिक उपाय खोज्न जरुरी छ।

यस सवालमा अगुवाको भूमिका प्रदर्शित गर्नमा रुवान्डा सफल देखियो। अति गम्भीर रूपमा थलिएका बाहेक कोभिड–१९ को शंकास्पद बिरामीलाई स्वास्थ्य केन्द्रमा जानबाट रोक लगाउने, स्वास्थ्यकर्मी र संक्रमित बिरामीबीचको सम्पर्क न्युनीकरण गर्ने र समुदायभित्रैको निवारण र स्याहारमाथि जोड दिनेलगायतका उपायलाई रुवान्डा सरकारले नवीन पद्धतिभित्र समावेश गरायो।

यी पद्धतिहरू स्रोत अभावका कारण आइसियू र भेन्टिलेटर त परको कुरा शैय्याको पनि पर्याप्त व्यवस्था गर्न नसकेका राष्ट्रमात्रै नभएर जुनसुकै राष्ट्रहरूको हकमा पनि सान्दर्भिक देखिन्छ।

झट्ट हेर्दा कठिन देखिने यस दिशातर्फ अग्रसर हुन खासै कठिन भने छैन। अधिकांश कमजोर र गरिब मुलुकको स्वास्थ्य प्रणाली प्रारम्भिक स्वास्थ्य स्याहारको मान्यता वरपर घुमेको हुन्छ, जसले समुदायस्तरमै स्वास्थ्य सेवाको वितरण, रोगको निवारण, पहिचान तथा परीक्षण र बिरामीको स्याहारलगायतको ढाँचा समाहित गरेको हुन्छ। अत्यावश्यक तथा गम्भीर रूपमा थलिएका बिरामीहरूले मात्र अस्पतालमा प्रवेश पाउनुपर्छ भन्ने नै यस मान्यताको समग्र औचित्य हुन्छ।

वास्तवमै समुदायमा आधारित स्वास्थ्यकर्मीहरू हालको कोभिड–१९ को प्रतिकार्यमा अधिक रूपमा संलग्न छन्। परीक्षण औजार (टेस्ट किट) को अभावमा रोग पहिचानको आधार सिर्जना गर्न यस्ता स्वास्थ्यकर्मीले जाँचसूचीका (चेकलिस्ट) को प्रयोग गर्ने गरेका छन्।

यो मान्यता सार्थक विज्ञान र स्वास्थ्य कर्मचारीसहित न्युन रूपमा उपलब्ध स्रोतको अधिकतम प्रयोगको धारणामाथि निर्भर छ।

कोरोना भाइरसको लक्षणसहितका अधिकांस बिरामी नागरिकलाई सकेसम्म आफ्नै घर नजिक स्याहार गर्न सकिन्छ र गरिनुपर्छ भन्ने हो। यो व्यवस्था बिरामीहरू स्वयं, उनीहरूको गोजी (पैसा) र उनीहरूको समयको हितमा रहेको छ भने बिरामीहरूलाई स्वास्थ्य सेवा केन्द्रभन्दा पर राख्दा अन्यमा भाइरसको संक्रमण सम्भावना पनि कम हुनजान्छ।

शुभ समाचार के हो भने दशकौंसम्मको लगानीपछि धेरै स्रोतविहीन राष्ट्रहरूले समुदायमा आधारित स्वास्थ्यकर्मीको असंख्य समूह निर्माणमा सफलता हात पारेका छन्। यी कार्यकर्ताहरूले घरदैलोमा सेवा दिन्छन् भने आºनो समुदायलाई राम्रोसँग बुझेका हुन्छन्।

संक्रामक रोगहरूको निवारणका साथै सामान्य लक्षणको व्यवस्थापनमा उनीहरू तालिमप्राप्त छन्। जसले गर्दा पहिल्यैदेखि व्यवस्थापन गर्दै आएको संक्रामक रोगको सूचीमा अर्को एक रोग ‘कोभिड–१९’ थपिँदा उनीहरूको कामको कुशल सम्पादनमा खासै भिन्नता देखिएको छैन। अझ बढी त के भने यस्ता राष्ट्रहरूमा प्रति एक डाक्टरको स्थानमा सयौंको संख्यामा यस्ता समुदायमा आधारित स्वास्थ्यकर्मी तैनाथ रहेका हुन्छन्।

डाक्टर तथा नर्सहरूको तुलनामा यस्ता समुदायमा आधारित स्वास्थ्यकर्मीहरू तालिम प्रदान गर्ने र पारिश्रमिक दिने दृष्टिकोणले कम खर्चिला मात्रै छैनन्, उनीहरू दिगो पनि हुन्छन्।

आफ्नो समुदायको सदस्यका रूपमा उनीहरू सुलभ, विश्वसनीय तथा भरपर्दा हुन्छन्, जुन महामारीको समयका अत्यन्तै महत्वपूर्ण पक्ष हुने गर्छ।

वास्तवमै समुदायमा आधारित स्वास्थ्यकर्मीहरू हालको कोभिड–१९ को प्रतिकार्यमा अधिक रूपमा संलग्न छन्। परीक्षण औजार (टेस्ट किट) को अभावमा रोग पहिचानको आधार सिर्जना गर्न यस्ता स्वास्थ्यकर्मीले जाँचसूचीका (चेकलिस्ट) को प्रयोग गर्ने गरेका छन्।

केही निकायहरूले समुदायमा आधारित स्वास्थ्यकर्मीको रोग पहिचान, अनुगमन र बिरामीको सम्पर्कको निगरानी एवं पहिचान कार्यलाई सहज बनाउन मोबाइल एपको समेत विकास गरेका छन्।

समुदायमा आधारित स्वास्थ्यकर्मीले त्यस समुदायको अगुवासँग मिलेर काम गरेको खण्डमा धेरै उपलब्धि हासिल गर्न सक्दछ। प्रकोपपछिको समयमा लगभग असम्भव मानिएको सफलताहरू यस्तो सहकार्यका कारण हासिल भएका असंख्य उदाहरण छन्। यस्ता सफलताहरू प्रकोप, महामारी, बाढी तथा आँधीको दुर्घटनामा बारम्बार नाम लिइने बंगलादेशबाहेकको देशमा पनि मिलेका छन्।

समुदायमा आधारित स्वास्थ्यकर्मीहरूले जनचेतनाको विकास तथा द्विविधाको निवारण, एकान्त क्षेत्र वा स्थान (आइसोलेसन कक्ष) को प्रबन्ध, साबुनपानी, निर्मलीकरण सामग्री (डिस्इन्फेक्टेन्ट), औषधी र खानाको वितरणसहित बिरामी तथा जोखिममा रहेका नागरिकका लागि सहायता सेवाका साथै शवको उचित एवं सुरक्षित व्यवस्थापनसहित कोभिड–१९ तत्परता प्रणालीको स्थापना गर्न सक्छन्।

समुदायमा आधारित स्वास्थ्यकर्मीले पहिल्यैदेखि नै नवप्रवद्र्धनात्मक कार्य संचालन गरिरहेका छन्। युगान्डादेखि अफगानिस्तानसम्म संसारका विभिन्न गरिब क्षेत्रहरूमा समुदायमा आधारित स्वास्थ्यकर्मीले मेगाफोन, फोन र अन्य मानिसको सहायताद्वारा सेवा सम्पन्न गर्दै सामाजिक दूरीको पालनाका लागि विभिन्न उपाय तथा विकल्पको विकास तथा प्रयोग गरिरहेका छन्। केही समयोजनासहित कोभिड–१९ सम्बन्धी आवश्यकताको परिपूर्ति गर्दै यिनीहरूले स्वास्थ्य सेवा निरन्तर सुचारु गर्ने क्षमता राख्छन्।

यस्ता समुदायमा आधारित स्वास्थ्यकर्मीले कहिले फोन त कहिले इन्टरनेट र कहिलेकाहीं टेलिमेडिसिनद्वारा अन्य स्वास्थ्यकर्मीको पृष्ठ सहायता हासिल गरिरहेका हुन्छन्। यस्ता स्वास्थ्यकर्मीले संक्रमणको शंका भएका बिरामीमध्ये को–को गम्भीर रूपमा थला परेका छन् भनेर अस्पताललाई जानकारी दिन सक्छन् । सोहीअनुसार ती बिरामीलाई स्विकार गर्ने वा नगर्ने भनेर ती अस्पतालले सहज निर्णय लिन सक्दछ।

हुन त सिद्धान्त र व्यवहारबीचको भिन्नताबारे प्रशस्त उदाहरणहरू आउँदो केही महिनाभित्र देख्न सक्छांै। यति भनिरहँदा के चाहिँ पक्का हो भने कोभिड–१९ विरुद्धको लडाइँमा अस्पतालभन्दा प्राथमिक स्वास्थ्य सेवा केन्द्रहरूको प्रयोगलाई प्राथमिकता दिँदा निश्चय नै धेरै सफलता हासिल गर्न सकिनेछ।

यस्ता निर्णयलाई गरिबहरूका लागि दोस्रो उत्कृष्ट समाधानको रूपमा लिइनु हुँदैन किनकि उनीहरू उत्कृष्ट निवारण, नियन्त्रण र स्याहारका लागि भरपर्दा प्रतिनिधिहरू हुन्।
सबैले अरुको छरपस्ट एवं उच्च–मूल्यको सीमित र अझ कहिलेकाहीं अप्रमाणित तथा असक्षम स्वस्थ्योपचारको नक्कल गर्नुभन्दा स्थानीय क्षमतासहितको परिलक्षित र प्रमाणित उपचारको विधिमा जोड दिनु हितकर देखिन्छ।

अनुवादित सामग्री

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय