दाङका दुई स्वास्थकर्मीमा कोरोना संक्रमण

दाङमा पहिलो पटक स्वास्थ्यकर्मीमा कोरोना भाइरसको संक्रमण देखिएको छ। देउखुरीको गढवा गाउँपालिका–६ मा रहेको बाल जनता माध्यामिक विद्यालयको क्वारेन्टाइनमा कार्यरत दुई जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएको हो।

उनीहरू मध्य लमही नगरपालिका–१ का ४० बर्षीय पुरुष र राप्ती गाउँपालिका–८ निवासी ३६ बर्षीय पुरुष रहेका छन्। आइतबार राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा गरिएको कोरोना परिक्षणका क्रममा उनीहरूमा कोरोना संक्रमण पुष्टि भएको थियो। उनीहरू दुबै अहेव रहेको बताइएको छ।

दुई जना स्वास्थ्यकर्मीसहित चार जनामा आइतबार कोरोना भाइरसको संक्रमण देखिएको गढवा गाउँपालिकाले जनाएको छ। गढवा गाउँपालिकाले आफ्नो आधिकारी फेसबुक पेजमार्फत दुई जना स्वास्थ्यकर्मीसहित चार जनामा कोरोना भाइरसको संक्रमण देखिएको जानकारी दिएको छ।

अन्य दुई जना गढवा गाउँपालिका–६ निवासी ३६ बर्षीय र वडा नम्बर ७ निवासी २४ बर्षीय पुरुषहरू रहेका छन्। उनीहरू भारतबाट आएको गाउँपालिका अध्यक्ष सहजराम यादवले जानकारी दिए।

आइतबार राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोना परिक्षणका क्रममा ९ जनाको रिपोर्ट पोजिटिभ आएको प्रतिष्ठानले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय