त्रिभुवन विमानस्थलमा अब यसरी कायम हुनेछ ‘सामाजिक दूरी’
कोरोना कहरपछि लकडाउनका कारण दुई महिनाभन्दा बढी अवधिदेखि बन्द त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुनः उडान सञ्चालनको तयारीमा लागेको छ। त्यसका लागि विमानस्थलका आन्तरिक तथा अन्तर्राष्ट्रिय टर्मिनलभित्र यात्रुहरूबीच सामाजिक दूरी कायम हुने गरी व्यवस्थित गरिएको छ।
कुनै नियमित उडान नभए पनि चार्टर उडान भने भइरहेको छ।
सामाजिक दूरी कायम गर्ने नयाँ व्यवस्थापछि हेल्थपोस्ट नेपालका सौरभ रानाभाटले केही तस्बिर लिएका छन्–