क्रिएसन र कोकाकोलाद्वारा सरसफाइकर्मीलाई राहत वितरण

हेल्थपाेस्ट/काठमाडौं
प्रकाशित
२०७७ जेठ १८ गते १८:०२

क्रिएसन र कोकाकोला फाउन्डेसनको सहयोगमा सुरु गरिएकाे ३ हजार २ सय सरसफाइकर्मीलाई मद्दत गर्ने उदेश्यले साथ रासन प्याकेट र सुरक्षा सामग्री वितरण जारी रहेको छ। भक्तपुरमा ७३, काठमाडौंमा १६० र कीर्तिपुरमा ७३ जनालाई राहत वितरण गरिएको छ।

भक्तपुरमा डोको रिलाइकल र स्थानीय सरकारका साथै कर्णेल शिव पौडेल, वीर दल गणपत्ति महानगर प्रहरी सर्कलका एसपी सविन प्रधानको उपस्थिति राहत वितरण गरिएको थियो। सोही दिन काठमाडौंमा राष्ट्रियसभा गृहमा काठमाडौंका मेयर विद्यासुन्दर शाक्यको उपस्थीतिमा दोस्रो राहत वितरण कार्यक्रमको भएको थियो।

यसका साथै, पछिल्लो साताको अन्तिम तीन दिनमा कीर्तिपुर दरबारमार्ग, रातोपुल,टोखा र बूढानीलकण्ठलगायत विभिन्न क्षेत्रका सफाइकर्मीलाई सामग्री प्रदान गरएको छ ।

इमर्जेन्सी रिलिफ प्रोजेक्ट औपचारिक रूपमा जेठ २ देखि सुरु भएको थियो । जसमार्फत हालसम्म ११०० भन्दा बढी सफाइकर्मीहरु रासन प्याकेज र रक्षात्मक सामग्री साथसाथै जागरुकता कार्यक्रम र चिकित्सा परामर्शद्वारा लाभान्वित भइसकेका छन्।

यो परियोजना नेपालभरका ३२०० सफाइकर्मीलाई सकारात्मक लाभ कोभिड-१९ महामारीको सामना गर्नका लागि सुरु गरिएको थियो। परियोजनाले काठमाडौं, कीर्तिपुर, ललिपुर, भक्तपुर, चितवन, सप्तरी, र सिरहाका विभिन्न नगरपालिकामा भएका सरसफाईकर्मीको उत्थानमा मद्दत पुग्नेछ।

परियोजनाबारेमा क्रिएसनका संस्थापक तथा अध्यक्ष आनन्द मिश्राले कोभिड-१९ महामारीको वर्तमान अवस्थामा स्वास्थ्य र स्वच्छता सुनिश्चित गर्ने सफाइकर्मीको योगदान महत्वपूर्ण भएको बताए।

‘कोरोना महामारी बेला पनि चुनौती र कठिनाइका बाबजुद पनि उनीहरूले आफ्नो काम जारी राखेका छन्,’ उनले भने, ‘सरसफाइकर्मी अन्य व्यवसायी, डाक्टर र सुरक्षाकर्मी जस्तै समान रूपमा अग्रपंक्तिमा रहेका छन्।’

कोकाकोला फाउन्डेसनको सहयोगमा यो पहल हाम्रा सफाइकर्मीको सेवाप्रति कृतज्ञता व्यक्त गर्ने एउटा सानो प्रयास रहेको जनाइएकाे छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय