नेपाल मेडिकल कलेजको घटना अनुसन्धानका लागि छानविन समिति गठन

नेपाल मेडिकल कलेज (जोरपाटी) का चिकित्सकमाथी भएको हातपातको अनुसन्धानका लागि तीन सदस्यीय छानविन समिति गठन भएको छ।

नेपाल चिकित्सक संघले दिएको जानकारी अनुसार एसपी सर्बेन्द्र सिंह राठौरको संयोजकत्वमा तीन सदस्यीय छानविन समिति गठन भएको हो। पुलिस हेडक्वाटरको फरेन्सिक ल्याबमा सिसिटीभि फुटेज रिट्रिभ गर्ने काम भैरहेको संघले जनाएको छ।

स्वास्थ्य मन्त्रालय, नेपाल मेडिकल काउन्सिल, नेपाल चिकित्सक संघ र गृह मन्त्रालयको प्रतिनिधिसहितको टीम गठन गरेर अनुसन्धान थाल्न आग्रह गरेको संघका महासचिब डा. बद्री रिजालले जनाएका छन्।

१४ जेठमा ६४ वर्षीया महिलाको उपचारको क्रममा मृत्यु भएको थियो। उपचारमा संलग्न चिकित्सकले लापबाही गरेको भन्दे मृतकका आफन्तले डाक्टरमाथी हातपात गरेका थिए।

दोषीलाई उम्काउन कुटपिट घटनाको सिटिटिभी फुटेज अस्पताल प्रशासनले नै हटाएको भन्दै केही दिन पहिले चिकित्सकहरू आन्दोलितसमेत बनेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय