बिन्दवासिनी गाउँपालिका कार्यालयमा तालाबन्दी
पर्साको बिन्दवासिनी गाउँपालिकाको कार्यालमा तालाबन्दी गरिएको छ। करारमा कार्यरत कार्मचारीहरूले ९ महिनादेखि तलब नपाएको भन्दै तालाबन्दी गरेका हुन्।
सामाजिक परिचालक र कार्यालय सहायकहरूले गाउँसभाबाट आफूहरूको म्याद थप भएको भए पनि ९ महीनादेखी तलब भत्ता नपाएको भन्दै तालावन्दी गरेका हुन्।
उनीहरूले कोरोना कहरकाबीच श्रमिकले पारिश्रमिक नपाउनु दुखद् भएको बताएका छन्। गाउँपालिकासँग पटक-पटक माग गर्दा पनि कुनै सुनुवाइ नभएपछि आज तालाबन्दी गर्नु परेको गाउँपालिकामा करारमा कार्यरत कार्मचारी उपेन्द्र साहले बताए।
उनले २०७६ श्रावणदेखि हालसम्म सार्वजनिक विदाका दिन बाहेक काम गर्दै आइरहेको भए पनि तलब नपाएको गुनासो गरे। गाउँपालिका अध्यक्षले भोली पर्सीभन्दै टार्दै आएको उनको गुनासो छ।