नेपालमा कोरोना संक्रमित संख्या १५६७ पुग्यो

नेपालमा विभिन्न जिल्लामा थप १६६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। योसहित नेपालमा संक्रमण संंख्या १५६७ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित कोरोना ब्रिफिङका क्रममा आइतबार प्रवक्ता डा. विकास देवकोटाले कुल संक्रमित १५६७ पुगेको जानकारी दिए।

विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा सो संक्रमण देखिएको हो। आइतबार देखिएको संकमणमा १ सय ६२ जना पुरुष रहेका छन् भने ४ महिला रहेका छन् ।

कुल संक्रमित मध्ये हालसम्म २२० जना निको भएर घर फर्किएका छ ।

प्रदेश प्रयोगशाला पोखरामा गरिएको परीक्षणमा ३ जनामा संक्रमण देखिएको छ । उनीहरु तनँहुका २८ वर्षका पुरुष र स्याङझाका २८ र ४० वर्षका पुरुष रहेका छन् ।
नारायणी अस्पतालमा ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पर्साका २२ देखि ३६ वर्षका रहेका छन् ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ३७ जनामा कोरोना संक्रमण देखिएको मन्त्रालयले जनाएको छ । उनीहरु मध्ये १३ जना कालिकोटको शुभकालिका  र   महहिका ५ जनामा संक्रमण देखिएको छ ।

त्यसैगरी, दैलेखका ३५ वर्षका पुरुषमा पनि संक्रमण देखिएको छ । दैलेख नारायण गाउँपलिका १४ देखि ४१ वर्षसम्मका ९ जनामा पनि कारोना पुष्टि भएको छ । दैलेखको किम्दाका २६ वर्षका पुरुषमा पनि कोरोना देखिएको मन्त्रालयले जनाएको छ ।  दैलेख जिल्लाको देवलकानका ५ जना पुरुषमा संक्रमण पुष्टि भएको छ ।

रातापानीका र सादुका २ वर्षका पुरुषमा पनि संक्रमण देखिएको मन्त्रालयले जनाएको छ । बाजुराका ४० वर्षका पुरुषमा पनि संक्रमण भेटिएको छ ।

प्रदेश अस्पताल सुर्खेतमा गरिएको परीक्षणमा २६ जनामा कोरोना पुष्टि भएको छ । धुलिखेल अस्पतालमा गरीएको परीक्षणका कपिलवस्तुका शिवराजको ३२ वर्षका पुरुषमा संक्रमण देखिएको हो ।

भेरी अस्पतालमा गरिएको परीक्षणमा ८ जनामा कोरोना संक्रमण देखिएको छ । उनीहरु बाँके नैनापुरका २ , खजुराका १, नेपालगञ्जका ४, बैजनाथका १ जना पुरुष रहेका छन् ।

विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा पनि १२ जना संक्रमण फेला परेको छ । उनीहरु सबै सप्तरी राजगढका रहेका छन् ।
सेती अस्पतालको प्रयोगशालामा ५ जनाको संक्रमण पुष्टि भएको छ ।

कैलालीका २३ वर्षका पुरुष, जानकी गाउँपालिका ३४ वर्ष पुरुष, त्रिनगर क्वारेन्टाइनका ४७ वर्षका पुरुष , बाजुरामा अस्पतालका रहेका २ वर्षका बालिका र २३ वर्षिया महिलाको संक्रमण देखिएको छ ।

कोसी अस्पतालमा प्रयोगशलामा ५ जनामा संक्रमण देखिएको छ । झापा गैरीगञ्जका ४ जना पुरुष र मोरङ, विराटनगरका ४५ वर्षीया महिलामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा ६४ जनामा कोरोना पोजेटिभ देखिएको छ । धनुषाका २१, कपिलवस्तुका ४, रौतहटका क्वारेन्टाइनमा रहेका २९, सलार्हीका १० जनामा कोरोना संक्रमण देखिएको छ ।

हालसम्म १ हजार ४५० पुरुष र ११७ महिलामा कोरोना पुष्टि भएको छ ।  प्रदेश १ मा १६५, प्रदेश २ मा ६२४, बागमती प्रदेशमा ४५, गण्डकी प्रदेशमा २३, प्रदेश ५मा ५६० , कर्णाली प्रदेशमा १२३ र सुदुरपश्चिम प्रदेशमा २७ जनामा संक्रमण फेला परेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय