म्याग्दीका संक्रमितसँगै आएका पोखरा, लमजुङ र गोरखाका ६ जना सम्पर्कविहीन

म्याग्दीका कोरोना संक्रमितसँग एउटै बसमा आएका ६ जना सम्पर्कविहीन भएका छन्। जेठ ९ गते भैरहवाको नमुना माविबाट क्वारेन्टाइनमा बसेकाहरूलाई लिएर आएको बसमा सवार २३ जनामध्ये ६ जना हराएका हुन्।

संक्रमितसँगै आएका ६ जना हराएपछि स्वास्थ्य निर्देशनालय गण्डकीले खोजी थालेको छ। सम्पर्कविहीन भएकामध्ये २ जना पोखराको पुरानो बसपार्कमा ओर्लिएको, लमजुङका ३ जना डुम्रेमा र गोरखाका १ जना आँबुखैरेनीमा ओर्लिएको निर्देशनालयले जनाएको छ।

म्याग्दीको मालिका गाउँपालिका–२ रुमका ३० वर्षीय पुरुषमा जेठ १५ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो।

गण्डकी प्रदेशका ६ जिल्लामा कोरोना संक्रमण भेटिएको छ । प्रदेशभरका ११ मध्ये ६ जिल्लामा कोरोना संक्रमित भेटिएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ। गण्डकी प्रदेशको बागलुङ, स्याङजा, म्याग्दी, तनहुँ, नवलपुर र लमजुङका गरी अहिलेसम्म २४ जनामा कोरोना पुष्ट भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय