झापामा चार जनामा कोरोना संक्रमण

झापाको गौरीगञ्ज गाउँपालिकाका चार जना व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको छ।

विराटनगरस्थित कोसी अञ्चल अस्पतालको प्रयोगशालामा आइतबार गरिएको परीक्षणमा चार जनामा कोरोना संक्रमण देखिएको हो।

संक्रमित सबै पुरुष हुन्। उनीहरू वडा नम्बर छ र ७ का रहेको सो गाउँपालिकाका स्वास्थ्य संयोजक रामचन्द्र मिश्रले बताए।

संक्रमितहरू गुजरात र मुम्बईबाट केही दिनअघि गौरीगञ्ज नाकाबाटै नेपाल भित्रिएका थिए। जेठ १५ गते उनीहरूको स्वाब संकलन गरी विराटनगर पठाइएको थियो।

सो गाउँपालिकाले स्थापना गरेको प्राथमिक स्वास्थ्य केन्द्रको क्वारेन्टाइनमा रहेका चारै जनालाई विराटनगरस्थित कोभिड अस्पताल पठाउने तयारी भइरहेको मिश्रले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय