डडेल्धुराको क्वारेन्टाइनमा ७ वर्षीय बालकको मृत्यु

डडेल्धुरामा भारतबाट फर्किएर क्वारेन्टाइनमा बसेका एक बालकको मृत्यु भएको छ।

डडेल्धुरा नवदुर्गा गाउँपालिका-३ का ७ वर्षीय बालकको मृत्यु भएको नवदुर्गा गाउँपालिकाका अध्यक्ष कविन्द्र बहादुर बिष्टले जानकार दिए।

विष्टका अनुसार मृतक बालक आमाबुवासँगै भारतको मुम्बईबाट शनिबार गौरीफन्टा नाकाहुँदै नेपाल भित्रिएका थिए। उनी आमाबुवासँगै डडेल्धुरा बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा बसेका थिए।

बालकको स्वास्थ्यमा समस्या आएको खबर पाउने बित्तिकै उपचारका लागि डडेल्धुरा अस्पताल लगिए पनि बाटोमै उनको मृत्यु भएको विष्टले जानकारी दिए।

बिष्टका अनुसार बालक विगत एक डेढ वर्षदेखि विरामी रहेको थिए। बालकको आइतबार बिहान तीन बजे अस्पताल लैजाँदै गर्दा मृत्यु भएको थियो। अहिले बालकको शव डडेल्धुरा अस्पतालमा राखिएको छ।

बालकमा कोरोना भाइरसको परीक्षणका लागि स्वाब संकलन गरिएको अध्यक्ष विष्टले जानकारी दिए।

यसअघि नेपालमा कोरोनाबाट ७ जनाको मृत्यु भइसकेको छ ।सिन्धुपाल्चोककी महिलाको धुलिखेल अस्पतालमा, नरैनापुरका युवाको क्वारेन्टाइनमा, गुल्मीका शिक्षक बुटवलको अस्पताल, रौतहटका बृद्धाको नेशनल मेडिकल कलेजमा मृत्यु भएको थियो ।

त्यसैगरी ललितपुरमा एक किस्ट मेडिकल कलेज शिक्षण अस्पताल, भारतबाट फर्किदै गरेका अर्घाखाँचीका एक युवाको बाटोमै, दैलेख एक मृत्यु  भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय