गण्डकी प्रदेशका ६ जिल्लाका २४ जनामा कोरोना संक्रमण

गण्डकी प्रदेशका ६ जिल्लामा कोरोना संक्रमण भेटिएको छ। आइतबार मध्यान्ह १२ बजेसम्म प्रदेशभरका ११ मध्ये ६ जिल्लामा कोरोना संक्रमित भेटिएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ। गण्डकी प्रदेशको बागलुङ, स्याङजा, म्याग्दी, तनहुँ, नवलपुर र लमजुङका गरी अहिलेसम्म २४ जनामा कोरोना पुष्टि भएको छ।

स्वास्थ्य निर्देशक विनोदविन्दु शर्माका अनुसार बागलुङमा सबैभन्दा धेरै ८ जनामा कोरोना देखिएको छ। तीमध्ये २ जना घर फर्किसकेका छन्। बागलुङपछि स्याङजामा ७ जनामा कोरोना संक्रमण भेटिएको छ। तीमध्ये ५ जना वालिङ र २ जना गल्याङका हुन्।

स्याङजाकी एक जना महिला संक्रमितको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ। त्यसबाहेक नवलपुरका ६, लमजुङका १, म्याग्दीका १ र तनहुँका १ जनामा कोरोना पुष्टि भएको छ। तनहुँमा भने आज पहिलोपटक एक जनामा कोरोना देखिएको हो। तनहुँको ऋषिङ गाउँपालिकाका २८ वर्षीय पुरुषमा आज बिहान कोरोना पुष्टि भएको हो।

अहिलेसम्म भेटिएका संक्रमितमध्ये नवलपुरका ६ जनाको भरतपुर अस्पताल, लमजुङका १ जनाको जनस्वास्थ्य प्रयोगशाला टेकु र बाँकी १७ जनाको पोखरास्थित कोरोना परीक्षण प्रयोगशालामा स्वाब परीक्षण गर्दा कोरोना पोजेटिभ आएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय