रेडियो कार्यक्रम ‘मनकी बात’मार्फत मोदीले भने- पानी छ त जीवन छ

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले साप्ताहिक रेडियो कार्यक्रम ‘मनकी बात’ मा पानी भए मात्रै जीवन हुने भएकाले पर्यावरणको संरक्षण गर्नुपर्ने बताएका छन्।

आइतबार ११ बजेबाट अलइन्डिया रेडियोमार्फत आइतबार ११ बजेबाट प्रशारण भएको नीजि कार्यक्रम ‘मनकि बात’मार्फत मोदीले मानव जीवनका लागि पर्यावरण निकैनै महत्वपूर्ण रहेकाले सबैले संरक्षण गर्नुपर्ने बताए।

‘पानी छ त जीवन छ, पानी छ त भविश्य छ’, उनले भने, ‘हामीले मिलेर पानीको उचित व्यवस्थापन गर्नुपर्छ।’ उनले यस्तो गर्न सकेमात्रै सबैको जीवन बचाउन सकिने बताए।

शनिबार अर्थात ३० मे मा मोदी सरकारको दुई वर्षे कार्याकाल पुरा भएको छ। रेडियो कार्यक्रममार्फत उनले सबै जनताले लकडाउनको पालना गर्दै सुरक्षाव्यवस्थालाई निरन्तरता दिने विश्वास व्यक्त गरे। ‘सबैले सरकारका निर्देशनको पालना गर्दै लकडाउनको कार्यान्वयन गर्ने, माक्स तथा सेनिटाइजरको प्रयोग गर्ने र साबुनपानीले सफासँग हात धुनेलगायतका कुरालाई निरन्तरता दिनुहुने छ भन्ने विश्वास लिएको छु’, उनले भने।

उनले आफ्नो लागि, परीवारको लागि र देशका लागि सरकारका निर्देशनको पालना हुनेमा आफू विश्वस्त गहेको बताए।

उनले आज बेलुकी लकडाउन, कोरोना भाइरस तथा आफ्नो दुई वर्षे कार्यकालका बारेमा पनि जानकारी दिन जनताको नाममा सम्बोधन गर्दै छन्।

कोरोना भाइरस संक्रमणको रोकमथाम तथा नियन्त्रणका लागिभन्दै भारतमा मार्च २४ तारिकदेखि देशव्यापी रुपमा लकडाउन गरिएको थियो। भारत सरकारले गरेको पहिलो लकडाउन २१ दिनको र बाँकि अलग-अलग चरणमा गरी मे ३१ सम्म लकडाउनको समय तोकेको थियो।

भारतमा बितेको चौबिस घण्टामा ८ हजारबढी कोरोना संक्रमित थपिएका छन् भने १ सय ९४ जनाको मृत्यु भएको छ। भारतमा अहिलेसम्म कोरोनाका कारण ५ हजार १ सय ८५ जनाको ज्यान गएको छ भने १ लाख ८२ हजार १ सय ४३ जनामा संक्रमण देखिएको छ। संक्रमितमध्ये ८६ हजार ९ सय ८४ जना उपचारपछि निको भएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय