२६४ संक्रमित रहेको कपिलवस्तुमा आइसोलेसन बेड अपुग, व्यक्तिगत घरमा आइसोलेसन बन्दै

कपिलवस्तु जिल्लामा कोरोना संक्रमित थपिने क्रम बढेपछि जिल्लामा संक्रमित राख्ने आइसोलेसन बेडको समस्या परेको छ । शनिबारसम्म जिल्लामा २ सय ६५ जनामा संक्रमण फेला परेका छन् ।

हालसम्म संक्रमित मध्ये ३३ जना जिल्ला बाहिरका आईशोलेसनमा छन भने १ सय ४० जना जिल्लाका बिभिन्न स्थानिय तहको आइसोलेसनमा छन् । शनिबार संक्रमित ७७ जनालाई आइसोलेसनमा ल्याउने तयारी गरिएको छ ।

संक्रमित फेला परेकामा यशोधरा गाँउपालिकाका १ सय ९ जना, महाराजगंज नगरपालिकाका ४३ जना, कृष्णनगर नगरपालिकाका ३५ जना, कपिलवस्तु नगरपालिकाका २८ जना र बिजयनगर गाँउपालिकाका १६ जना छन ।

त्यसै गरि हालसम्म संक्रमित फेला परेका मध्य मायादेवी गाँउपालिकामा १५ जना, बाणगंगा नगरपालिकाकामा १२ जना, बुद्धभुमी नगरपालिकामा ८ जना, शिवराज नगरपालिकामा ६ जना र शुद्धोधन गाँउपालिकामा २ जना छन ।

बुद्धभुमीका १, कपिलवस्तु नपाका ४, कृष्णनगरका ३, मायादेवीका ३, शिवराजका १ र यशोधराका ३ जनामा संक्रमण निको भैसकेको छ । शनिबार पुनः यशोधरामा २८ जना, माहाराजगंजमा ३३ जना र कृष्णनगरमा १६ जना संक्रमित थपिएका छन ।

कृष्णनगरमा फेला परेका १६ संक्रमितलाई कृष्णनगरनगरपालिका ३ को अलहेलाल मदरसामा निर्मित आईशोलेशन सेन्टरमा राख्ने तयारी थालिएको कृष्णनगर नगरपालिकाकधा स्वास्थ्य संयोजक अनिल बिश्वकर्माले जानकारी दिए ।

सो मदरसामा ५० शैया क्षमताको आईशोलेशन सेन्टर बनाईएको उनले बताए । मापदण्ड अनुसारको आईसोलेशन सेन्टर बनाउन नसकिएको स्पष्ट पार्दै संक्रमणको दर बढदै गए व्यवस्थापनमै समस्या आउने उनले गुनासो गरे । “यही रफ्तारमा संक्रमण बढदै गए होम आईशोलेशन गर्नुको बिकल्प रहदैन ।” स्वास्थ्य संयोजक बिश्वकर्माले भने ।

थपिएका ३३ जनालाई माहाराजगंज नगरपालिका १ को जानकी माबिमा निर्मित आईशोलेशनमा राख्ने तयारी गरिएको माहाराजगंज नगरपालिकाका स्वास्थ्य संयोजक राधेश्याम जयसवालले जानकारी दिए ।

नगरपालिकामा थपिएका ३३ जनालाई माहाराजगंज नगरपालिका १ को जानकी माबिमा निर्मित आईशोलेशनमा राख्ने तयारी गरिएको माहाराजगंज नगरपालिकाका स्वास्थ्य संयोजक राधेश्याम जयसवालले जानकारी दिए । सो माबिमा १ सय ६९ शैयाको आईशोलेशन सेन्टर निर्माण गरिएको उनले बताए ।

शनिबार यशोधरामा फेला परेका सबै संक्रमितलाई कपिलवस्तु नगरपालिका र यशोधरा गाँउपालिकाले संयुक्त रुपमा तयार पारेको कपिलवस्तु नगरपालिका ११ को रेहरा स्थित स्वास्थ्य चौकीमा निर्मित आईशोलेशन सेन्टरमा लैजाने योजना रहेको यशोधरा गाँउपालिकाका स्वास्थ्य संयोजक ज्योती प्रकाश दुबेले जानकारी दिए । यता स्थानिय प्रशासनको अगुवाईमा यशोधरा गाँउपालिका ५ बैदौली स्थित अनिरुद्ध पब्लिक माबिमा ७४ शैयाको आइसोलेसन सेन्टर तयार पारिएको छ ।

व्यक्तिगत घरमा ५० बेडको आइसोलेशन बन्दै

यसै बिच गाँउपालिकाका समाजसेवी हबिबुल्लाह खाँले यशोधरा गाँउपालिका वडा नम्बर ५ सुठौली स्थित आफनो दुई तल्ले २० कोठे घर कोरोना संक्रमण अबधीका लागी आईशोलेशन सेन्टर सञ्चालनका लागी दिएका छन । समाजसेवी खाँले प्रजिअ दिर्घनारायण पौडेल सँग आईतबार सम्म ५० शैयाको आईशोलेशन सेन्टर तयार पारी हस्तान्तरण गर्ने प्रतिबद्धता जनाएका छन । “आवश्यक सामाग्री व्यवस्था गरि प्रशासनलाई हस्तान्तरण गर्ने छु ।” समाजसेवी खाँले भने । सामाजिकस्तरमा आईशोलेशन सेन्टर तयार पार्नका लागी पुर्वाधार सहयागे भए पनि यहि गतिमा संक्रमित फेला पर्ने क्रम रहे व्यवस्थापनमा भने समस्या पर्ने स्वास्थ्य सेवा प्रदायकको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय