भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५ हजार नाघ्यो, १ लाख ८१ हजारभन्दा बढीमा संक्रमण

कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या भारतमा पाँच हजार नाघेको छ।

शनिबार भारतमा २ सय ५ जनाको मृत्यु भएसँगै त्यहाँ मृतकको संख्या पाँच हजार १ सय ८५ पुगेको वर्ल्डओमिटरले जनाएको छ।

भारतमा शुक्रबार संक्रमणबाट २ सय ६९ जनाले ज्यान गुमाएका थिए। शुक्रबार त्यहाँ आठ हजारभन्दा धेरैमा संक्रमण पुष्टि भएको थियो। भारमा लकडाउन केही खुकुलो हुन थालेसँगै कोरोनाको संक्रमण र मृत्युदर वढ्न थालेको छ।

अहिलेसम्म भारतमा १ लाख ८१ हजार ८ सय २७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। शनिबार एकै दिन त्यहाँ ८ हजार ३ सय ३६ जनामा संक्रमण देखिएको छ। अहिलेसम्म भारतमा ८६ हजार ९ सय ३६ जना संक्रमित उपचारपछि निको भएका छन्।

भारतभर रहेका सन्क्रमितमध्ये ८ हजार ९ सय ४४ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । ३६ लाख ११ हजार ५ सय ९९ जनाको स्वास्थ्य परीक्षण गरिएको छ।

विश्वभर कोरोना संक्रमणको कारण ३ लाख ७० हजार ९ सय १८ जनाको मृत्यु भइसकेको छ। गएको २४ घण्टामा यसको संक्रमणबाट विश्वभर ४ हजार ९० जनाले ज्यान गुमाएका छन्। यो संगै बिश्वभर ६१ लाख ५६ हजार ४ सय २८ जनामा भाइरसको संक्रमण देखिएको छ भने २७ लाख ३४ हजार ७ सय ७८ जना उपचार पछि निको भइ घर फर्किसकेका छन।

संक्रमितमध्ये अहिलेसम्म विश्वभर गरेर २७ लाख २९ हजार ९ सय ५५ जना उपचारपछि निको भएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय