प्रदेश २ मा एकैदिन थपिए ५७ जना
प्रदेश २ मा शनिबार एकैदिन ५७ जना कोरोना संक्रमित थपिएका छन्। पछिल्लो २४ घण्टाभित्र प्रदेश २ मा ५७ जना कोरोनाका नयाँ संक्रमित थपिएका हुन्।
सामाजिक विकास मन्त्रालयका सचिव डा.रामप्रसाद गिरीले शनिबार सबैभन्दा बढी सर्लाहीमा १७ जना नयाँ संक्रमित थपिएको जानकारी दिएका छन्। यसैगरी, सप्तरीमा ९, सिरहामा ११, धनुषामा ७, रौतहटमा ६ र महोत्तरीमा ४ जना थपिएको उनले बताए।
यससँगै प्रदेशमा जम्मा संक्रमितको संख्या ५५४ पुगेको छ।
सचिव घिमिरेले हालसम्म उपचारपछि ९८ जना निको भएर घर फर्किसकेको जानकारी गराए।
पीसीआर परीक्षणपछि पोजिटिभ देखिएकामध्ये २४ जनाको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल, सिरहाको महेन्द्रगेनाइ अस्पतालमा १४, प्रादेशिक अस्पताल जनकपुरमा २९, जलेश्वर अस्पतालमा १९, रौतहटको चन्द्रपुरमा ६, गौरमा २९, फरहदवामा २५, गरुडामा ६६ र वेराही गेनाहीमा १४ जनाको आइसोलेसनमा राखेर उपचार भइरहेको उनले बताएका छन्।