सीमामा पुगेका नागरिकको पानी परेपछि विजोग

लकडाउनका विच ठुलो दुःख गरेर भारतका विभिन्न स्थानबाट स्वदेश फर्केका नेपाली नागरिकको बर्षाका कारण गौरिफण्टा नाकामा विजोग बनेको छ।

शनिबार विहानै देखी भएको अविरल बर्षाका कारण गौरिफण्टा नाकामा पुगेका करिव ४ हजार नागरिक कठयाङ्ग्रीएका छन्। बर्षा बाट बचाउन केही त्रिपालका छाना निर्माण गरिएका भएपनि प्रयाप्त नहुँदा धेरै नागरिक मुसलधारे बर्षामा भिज्दै खुल्ला आकासमा बस्न बाध्य भएका छन्।

बर्षाबाट बच्न सामाजिक दुरी कायम नगरी च्याप्पिएर बस्नु पर्ने बाध्यताका कारण कोरोनाको जोखिम समेचत उच्च बनेको सीमामा पुगेका नेपालीको दुःखेसो छ।

भारतबाट जसरी तसरी सामाजिक दुरी कायम गर्दै सीमामा पुगेका थियों’ धनगढी–३ का नारद धानुकले भने–‘सीमामा त्यो कायम गर्न सकेनौं, बर्षा बाट बच्न सवै संग टास्सिएर बसेका छौं।’ गौरिफण्टा नाका संगै रहेका कञ्चनपुरको डोकेबजारमा निर्माण गरिएका पशल तथा खोकाको छहारीमा बसेका धेरै नागरिक चिसोले कठ्याङग्रीएका उनले बताए। ‘भारतबाट आउनेमा महिला, बालबालिका तथा जेष्ठ नागरिक समेत रहेका छन्’ उनले भने–‘उनिहरू कोरोनाको उच्च जोखिममा छन्।’

जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीका अनुसार बर्षाबाट बचाउन विभिन्न संघ संस्थाको सहयोगमा सीमामा त्रिपालको टहरा निर्माण गरेको भएपनि सवैलाई त्रिपाल मुनी समेट्न सकिएको छैन। जसका कारण अधिकांस नागरिक मुसलधारे बर्षामा भिज्न बाध्य छन्।

कैलालीको गौरिगंगा नगरपालिका, गोदावरी नगरपालिका र धनगढी उप–महानगरपालिकाले सीमामा पुगेका केही नागरिकलाई बस तथा टिप्परमा ओसारे पनि अन्य स्थानीय तहका नागरिकको भने सीमामै विचल्ली भएको सूचना अधिकारी जोशीले बताए। ‘दिनभर बर्षा हुँदा विचल्लीमा परेका नागरिकलाई व्यवस्थापन गर्न निक्कै समस्या भएको छ’ सूचना अधिकारी जोशीले भने–‘सीमा नजिकै स्थापना गरिएको क्वारेण्टाइन भरिएको छ, अन्यत्र सार्ने विकल्प तयारभएको छैन।’

गौरिफण्टा नाका सम्म पुग्ने नेपाली लाई प्रदेश सरकारले खाना खाने व्यवस्था गरेको भएपनि बर्षाबाट बच्नका लागि तत्कालै कुनै व्यवस्था भने नगरेको उनले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय