एकैदिन १८९ जनामा कोरोना संक्रमण

नेपालमा विभिन्न जिल्लामा थप  १८९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। योसहित नेपालमा संक्रमण संंख्या १४०१ पुगेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित कोरोना ब्रिफिङका क्रममा शनिबार प्रवक्ता डा. विकास देवकोटाले कुल संक्रमितको संख्या १४०१  पुगेको जानकारी दिए।

विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा यति ठुलो संख्यामा संक्रमण पुष्टि देखिएको हो। एकैपटक यति धेरै सक्रमण फेला परेको पहिलो पटक हो।

कुल संक्रमित मध्ये हालसम्म २१९ जना निको भएर घर फर्किएका छ । शनिबार संक्रमण भेटिएका मध्ये १८५ जना पुरुष र ४ जना महिला रहेको छन् ।

कहाँ कति संक्रमित भेटिए ?

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशलामा गरिएको परीक्षणमा १२४ पोजेटिभ आएको हो । धुनुषाका २० देखि ४२ वर्षसम्मका ७ जना पुरुष रहेको छन् । झापाका ४५ वर्षका पुरुष रहेका छन् ।

कपिलवस्तुका १६ देखि ६० वर्षसम्मका ७७ जना पुरुष रहेका छन् । त्यसैगरी ललिपुरका १ जना २३ वर्षकी महिलामा पनि संक्रमण देखिएको छ । महोत्तरीका २५ देखि ५५ वर्षसम्म ४ जना पुरुष रहेका छन् ।

रौतहटका ६ जना १८ देखि ४५ पुरुषमा संक्रमण पुष्टि भएको छ । सलार्हीका १७ जना १६ देखि ४० वर्षसम्मका पुरुष रहेका छन् । सिराहाका ११ जना १७ देखि ४० वर्षसम्मका पुरुषमा संक्रमण भेटिएको मन्त्रालयले जनाएको छ ।

प्रादेशिक प्रयोगशाला रुपन्देहीमा गरिएको परीक्षणमा २६ जनामा संक्रमण देखिएको छ । कपिलवस्तुका २९ जना पुरुषमा संक्रमण देखिएको छ ।

विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ९ जनामा संक्रमण भेटिएको हो । त्यसैगरी, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ८ जनामा कोरोना पोजेटिभ देखिएको छ ।

नारायणी अस्पपतामा गरिएको परीक्षणमा ३ जना संक्रमण देखिएको छ । कणार्ली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा १४ जनामा सक्रमण पुष्टि भएको छ । कोसी अस्पतालमा गरिएको परीक्षणमा २ जनामा संक्रमण भेटिएको छ ।

हालसम्म १ हजार २ सय ८८ जना पुरुष र १ सय १३ जना महिलामा संक्रमण भेटिएको छ ।

कुन प्रदेशमा कति संक्रमित ?

प्रदेश १ मा १६०, प्रदेश २ मा ५४७, बागमती प्रदेशमा ४५, गण्डकी प्रदेशमा २०, प्रदेश ५ मा ५४७, कर्णली प्रदेशमा ६१, सुदुरपश्चिम प्रदेशमा २१ जनामा संक्रमण भेटिएको छ ।

हालसम्म ५३ जिल्लामा कोरोना भाइसका संक्रमित भेटिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय