महामारी नियन्त्रणमा खटिने स्वास्थ्यकर्मीमाथि असुरक्षा बढ्दै, हानको भर्त्सना

जेठ १७-कोरोना भाइरस प्रकोप बढेका जिल्लामा क्वारेन्टाइन र स्वास्थ्य संस्थामा नियन्त्रण तथा रोकथाममा खटिने स्वास्थ्यकर्मीमाथि आक्रमण, धम्कीका कारण बढ्दै गएको छ ।

पछिल्लोपटक शुक्रबार रौतहटको इशानाथ नगरपालिकामा स्वास्थ्यकर्मी र सुरक्षाकर्मीलगायतमाथि आक्रमण भएको  छ।

रौतहटकै गढिमाई नगरपालिकामा पनि बुधबार स्थानीयले तीन जना स्वास्थ्यकर्मीमाथि कुटपिट गरेका थिए ।

भारतबाट फर्किएकाहरुका बढी संख्यामा रहेका जिल्लामा क्वारेन्टाइनमा बस्नसमेत इन्कार गर्ने र क्वारेन्टाइनमा बसेकालाई छुटाउनका लागि स्थानीय हतियारसहित क्वारेन्टाइनमा आक्रमण गर्ने घटनासमेत बढ्दै जाँदा स्वास्थ्यकर्मीमाथि असुरक्षा बढदै गएको छ ।

हेल्थ असिस्टेन्ट संघ, नेपाल (हान)का अध्यक्ष दाताराम अधिकारीले रौतहटमा एउटा मदरसामा रहेको क्वारेन्टाइनमा रहेका ३६० जनाको स्वास्थ्य परीक्षणपछि खाना खाँदै गर्दा स्थानीय हतियार, खुर्सानीको धुलोसहित आएका स्थानीयले शुक्रबार स्वास्थ्यकर्मीमाथि आक्रमण गरेका थिए ।

‘तनाब बढ्दै जाँदा थप सुरक्षाकर्मी पुगेर १५ राउण्डभन्दा बढी हवाई फायर गरेपछि बल्ल उश्रृखल समूह फर्किएछ’ अधिकारीले भने, ‘अहिले स्वास्थ्यकर्मी त्यहाँ बस्नै नसक्ने अवस्था भएर फर्किनुभएको छ’

अधिकारीले स्थानीय क्षेत्रमा देखिएका राजनीति, क्वारेन्टाइन व्यवस्थित नहुनु, प्रयाप्त नमूना संकलन र परीक्षणको अभावमा झन् परिस्थिति नियन्त्रणबाहिर जाने र त्यसको असर फ्रन्टलाइनमा खटिने स्वास्थ्यकर्मीमाथि परिरहेको बताए ।
केही दिनअघि नेपाल मेडिकल कलेजमा बिरामीको मृत्युपछि आक्रोशित आफन्तले चिकित्सकमाथि आक्रमण गरेका थिए ।

यस्तो थियो घटना
हेल्थ असिस्टेन्ट संघ नेपाल (हान)ले शुक्रबार जारी गरेको विज्ञाप्तिमा कोभिड १९ रोग नियन्त्रण तथा रोकथामका लागि इशानाथ नगरपालिका वाड नं ७ मा रहेको अनावारुल हक मदरसा मोहिजंग जोहहामा संचालित क्वारेन्टिनमा खटिएका स्वास्थ्यकर्मी र कर्मचारीमाथि आक्रमण भएको हो ।

शुक्रबार विहान ९.३० बजे शंकास्पद बिरामीको चेकजाँ गरेर खाना खान लागेको अवस्थामा जोकहाका शेख सहिदको नेतृत्वमा आएको समूहले घरेलु हतियार, लाठी, खुर्सानीको धुलोसहित आएर आक्रमण गरेका थिए ।

त्यसैगरी गढिमाई नगरका गम्हरिया स्वास्थ्य चौकीमा संचालिन क्वारेन्टाइन सेन्टरमा पनि ड्युटीमा खटिएका एचए धर्मेन्द्र सहनी, अनमी रिंकी ठाकुर र कास असनीकुमारमाथि १३ गते बिहान आक्रमण भएको थियो ।

८० हाराहारी संख्यामा आएका सोही नगरपालिका शेख सहाबुदीन भनिने मन्ना कादिन अन्सारीको नेतृत्वमा आएको टोलीले गाली र हातपात गर्न खोजेको संघले जनाएको छ ।

संघले घटनाले अहोरात्र सेवामा तल्लिन समग्र स्वास्थ्यकर्मीको मनोवल गिराएको भन्दै यसले सेवा प्रवाहमा असर पर्ने र रोग नियन्त्रणबाहिर गई झन् गम्भीर अवस्था आउँनसक्ने तर्फ सचेत गराएको छ ।

संघले तत्काल दोसीमाथि कारवाही र स्वास्थ्यकर्मीलाई सुरक्षाको माग गर्दै सेवामा निरन्तर खटिन स्वास्थ्यकर्मीसँग अनुरोधसमेत गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय