‘टिमवर्क’ मा जम्दै कोसी र कोभिड अस्पताल

एक सातायता कोरोना भाइरस (कोभिड १९) बाट संक्रमित हुने नेपालीको संख्यामा तीव्र वृद्धि भइरहेको छ। कोरोना संक्रमितको उपचारमा स्वास्थ्यकर्मीहरू फ्रन्टलाइनमा रहेर काम गरिरहेका छन्।

सीमित जनशक्तिका बाबजुद पनि दुई अस्पतालबाट सेवा दिएर एक उदाहरणीय काम कोसी अस्पतालले गरेको छ।

स्वास्थ्यकर्मीको मिहिनेत र टिमवर्कका कारण अहिले कोसी अस्पताल र कोभिड अस्पतालले आफ्नो सेवामा कुनै कमी हुन दिएको छैन।

कोसी अस्पताल र कोभिड अस्पतालको संरचना छुट्टाछुट्टै छ। साल्ट ट्रेडिङ कर्पाेरेसनमा स्थापना गरिएको कोभिड अस्पताल ७० शैय्याको छ। हालसम्म कोभिड अस्पतालमा ६४ संक्रमित भर्ना भएका छन् भने ३० जना संक्रमित उपचारपछि निको भएर घर फर्किसकेका छन्।

चैत ११ देखि लकडाउन सुरु भएपछि अधिकांस अस्पतालका सेवा बन्द नै रहे। तर, कोसी अस्पतालले कुनै सेवा बन्द गरेन। लकडाउनको दुई महिनाको अवधिमा १५ हजार हजारभन्दा बढीले ओपिडी सेवा लिएको अस्पतालको तथ्यांक छ।

अस्पतालमा १ हजार ४ सय ले भर्ना भएर सेवा लिएका छन । भर्ना भएको मध्ये १ हजार ३ सय ९४ जना निको भएर घर फर्किसकेको अस्पतालको तथ्यांक रहेको छ । आइसियु मार्फत ४४ र ७२ जनाले सर्जरी सेवा लिइसेकेका छन् ।

लकडाउनपछि अधिकांस अस्पतालका सेवा बन्द रहे। तर कोसीले कुनै सेवा बन्द गरेन । ८४७ जनाले सुत्केरी सेवा लिए ।

प्रसूतिसेवातर्फ हेर्ने हो भने ८ सय ४७ जना भर्ना भएका छन्। त्यसमध्ये ५ सय ५१ को नर्मल डेलिभरी भएको र सर्जरीमार्फत १ सय ९५ को डेलिभरी भएको अस्पतालकी मेडिकल सुपरिटेन्डेन्ट डा. संगीता मिश्रा बताउँछिन्।

कोरोना महामारीमा छुट्टै अस्पताल स्थापना र जनशक्ति परिचालनमा व्यवस्थापन राम्रो हुँदाहुँदै अस्पतालबाट सेवा अवरुद्ध हुन पाएन।

कोभिडको छुट्टै अस्पतालमा उनीहरूको उपचार भइरहेकाले अन्य बिरामीका लागि नियमित सेवा रोकिनन्। ‘सबै स्वास्थ्यकर्मीको टिमवर्क नभएको भए यसरी सेवा विस्तार गर्न सकिँदैन थियो, डा. मिश्रा भन्छिन्, ‘सबै स्वास्थ्यकर्मीको साथले दुई अस्पतालबाट सेवा दिन सकिएको हो।’

सुरुका दुई साता कोभिड अस्पतालको सम्पूर्ण व्यवस्थापन कोसी अस्पतालकै जनशक्तिबाट चलाइएको थियो। स्वास्थ्यकर्मीलाई कामको भार थपिँदै गएपछि प्रदेश सरकारले १५ जना मेडिकल अफिसर करारमा नियुक्त गरेको थियो।

प्रदेश सरकारले करारमा नियुक्त गरेको जनशक्ति र कोसी अस्पतालको जनशक्तिले हाल कोभिड अस्पतालको सेवा सञ्चालन भइरहेको छ। ‘एकपटकमा २६ जनाको जनशक्ति कोभिड अस्पतालमा खटिएको हुन्छ, त्यो जनशक्ति १४ दिनका लागि क्वारेन्टाइनमा जानुपर्ने हुन्छ,’ डा. मिश्राले भनिन्, ‘एक साता काम गरेपछि तीन साता काम रोकिने भएपछि प्रदेश सरकारसँगको समन्वयमा करारका ५० प्रतिशत र कोसी अस्पतालका ५० प्रतिशत जनशक्ति परिचालन गरी काम अघि बढाइएको छ।’

दुवै अस्पतालको सेवा सञ्चालनका लागि स्वास्थ्यकर्मीको अहंभूमिका रहेको उनले बताइन् । उनी दाबीसाथ भनिन्, ‘यसैगरी अन्य अस्पतालले पनि सेवा दिने हो भने महामारी नियन्त्रण गर्न समय लाग्दैन।’

अस्पताललले निरन्तर रूपमा प्रसूति सेवालाई अगाडि बढाएको छ। ‘प्रसूतिमा पनि पूर्वतयारी चाहिन्छ, त्यस्तै महामारीमा पनि पूर्वतयारी चाहिन्छ,’ उनले भनिन्, ‘कोरोना भाइरसको संक्रमण देखिनेबित्तिकै ननकोभिड र कोभिड बिरामीलाई छुट्टै राखेर उपचार गराउने व्यवस्था गरेका थियौं, त्यसले कहिले पनि हाम्रो सेवा प्रभावित भएन।’

प्रसूतिसेवातर्फ हेर्ने हो भने ८ सय ८० जना भर्ना भएका छन्। त्यसमध्ये ५ सय ५१ को नर्मल डेलिभरी भएको र सर्जरीमार्फत १ सय ९५ को डेलिभरी भएको अस्पतालकी मेडिकल सुपरिटेन्डेन्ट डा. संगीता मिश्रा बताउँछिन्।

उनले अस्पतालमा मेसुको जिम्मेवारी पाएको तीन महिना मात्र भएको छ। तर छोटो समयमै डा. मिश्राले आपत्कालीन रूपमा आइपरेको महामारीको सामनासँगै मात्रै अस्पतालको दीर्घकालीन सुधारमा महत्व राख्ने थुपै काम अगाडि बढाएकी छन्।

 

संक्रमित थपिँदै गर्दा चिकित्सकसहित स्वास्थ्यकर्मी टिम दह्रो मनोबलसाथ खटिरहेका छन्। ‘असाध्य राम्रो टिमवर्कमा छौं,’ डा.मिश्र भन्छिन्, ‘सबैको साथ पाएका छौं।’

सिसिटिभीबाट निगरानी, फोनमा सल्लाह

डा. मिश्राका अनुसार हाल अस्पतालमा भर्ना भएका सबैको अवस्था सामान्य नै छ। अस्पतालले चिकित्सकसँग सम्पर्कका लागि फोन उपलब्ध गराएको छ। फोनबाहेक संक्रमितको निगरानी सिसी क्यामराबाट हुन्छ। कोठाभित्र बसेकाहरूले कुनै समस्या परे डाक्टरलाई फोन गर्न गरेर सल्लाह लिने गरेका छन्।

‘स्वास्थ्यकर्मीले छुट्टै बाहिरी कक्षबाट सिसी क्यामराबाट निगरानी गरिरहनु भएको हुन्छ,’ डा. मिश्रले भनिन्, ‘केही समस्या आइहालेमा एक स्वास्थ्यकर्मी पिपिई लगाएर तयारी अवस्थामा रहनुहुन्छ।’

स्वास्थ्यकर्मीको ड्युटी लिस्ट बनाएर, दैनिक कस्ले कतिपल्ट राउन्ड गर्ने व्यवस्था मिलाइएको छ। सकेसम्म संक्रमित व्यक्तिबाट स्वास्थ्यकर्मीलाई संक्रमण नसरोस् भनेर सामजिक दूरी अपनाउने गरिएको डा. मिश्रले बताइन्।

संक्रमित बिरामीलाई केही समस्या भयो भने सम्पर्कमा आउनका लागि फोनको व्यवस्था गरिएको छ। समय–समयमा स्वास्थ्यकर्मी र संक्रमित व्यक्तिबीच सम्पर्क भइरहन्छ।
कोठामा बसेका संक्रमितलाई चिकित्सक र स्वास्थ्यकर्मीले अत्यावश्यक परेको अवस्थामा मात्र भेटघाट गर्छ।

 

ढोकामा खाना, भित्र जान निषेध

खाना र खाजाका लागि अस्पतालले बिरामीलाई समय तोकिदिएको छ। तोकिएको समयमा बिरामीलाई उपलब्ध गराउने सामाग्री लिएर कर्मचारी ढोका–ढोकामा पुग्छन्। ढोकामा पुगे पनि भित्र भने प्रवेश गर्दैनन्। ढोका अगाडि राखिएको सामग्री संक्रमित आफैंले लगेर प्रयोग गर्छन्।

संक्रमितको हेरचाहका लागि राम्रो व्यवस्थापन गर्दै आएको संक्रमित नर्स शिला सुब्बा बताउँछिन्। ‘खाना–खाजामा पौष्टिक आहारको व्यवस्था छ,’ सुब्बाले भनिन्, ‘हाम्रा स–साना आवश्यकता पनि अस्पताल व्यवस्थापनले पूरा गरिदिएको छ।’

संक्रमितलाई अस्पताल बसेको १४ दिनपछि मात्र पीसीआर परीक्षण गरिने गरिएको छ। हालसम्म अस्पतालबाट उपचारपछि ३० जना डिस्चार्ज भइसकेका छन्। ‘१४ दिनमा परीक्षण गर्दा रिपोर्ट नेगेटिभ देखिए भोलिपल्ट पुनः परीक्षण गर्छौं,’ मेसु मिश्राले भनिन्, ‘दुई पटक नेगेटिभ देखिए मात्र डिस्चार्ज गरेर क्वारेन्टाइनका लागि पठाउँछौं।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय