भरतपुरमा कोरोना संक्रमण पुष्टि भएका चारै जना पुरुष कपिलवस्तुका

भरतपुर कोभिड–१९ परीक्षण प्रयोगशालामा शुक्रबार परीक्षण गरिएका नमुना मध्ये ४ जनामा कोरोना पोजेटिभ देखिएको छ। कपिलवस्तुबाट आएका १ सय ७० नमुना मध्ये ४ जना पुरुषमा कोरोना पोजेटिभ देखिएको भरतपुर अस्पतालले जानकारी दिएको छ।

संक्रमित व्यक्तिहरू कपिलबस्तुमै रहेका छन्। उनिहरूको ट्राभल हिष्ट्रि पनि थाहा नभएको अस्पतालले जानकारी दिएको छ।

यस्तै जेठ १५ गते प्रयोगशालामा आएका १ सय ४४ नमुनाहरू अहिले परिक्षणको क्रममा रहेका छन्। भरतपुरमा रहेका प्रयोगशालामा बाहिरी जिल्लाबाट पनि कोरोना परीक्षण गर्नका लागि नमुनाहरू आउँदा नतिजा आउन ढिला हुने गरेको छ।

यहाँ हेटौंडाबाट पनि नमुना आउने गरेका छन्। अहिलेसम्म यहाँ गरिएका परीक्षण मध्ये १३ जनामा कोरोना पोजेटिभ देखिएको छ। त्यसमध्ये चितवनका ५ जना मात्र रहेका छन्।
आठ जना जिल्ला बाहिरका नागरिक हुन्। भरतपुर कोभिड १९ प्रयोगशालामा अहिलेसम्म १ हजार ३ सय ३७ जनाको स्वाब परीक्षण भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय