कोरोना उपचारमा रहेका नर्सको तलब र सेवा–सुविधा कटौती नगरियोस् : नेपाल नर्सिङ संघ

कोरोना भाइरस ( कोभिड १९) को रोकथाम र नियन्त्रणको लागि खटिरहेको नर्स तथा स्वास्थ्यकर्मीको तलब र सेवा सुविधा कटौती नगर्नको लागि नेपाल नर्सिङ संघले माग गरेको छ ।

शुक्रबार एक विज्ञप्ती निकाल्दै संघ विभिन्न निजि तथा स्वास्थ्यकर्मीको तलब तथा सेवा सुविधा कटौती गरेको खबरहरु प्राप्त भएको भन्दै संघले सुविधा उपलब्ध गराउन माग राखेको हो ।

१५ बैशाखामा राजपत्रमा नै स्वास्थ्यकर्मीको सेवा सुविधा कटौति नहुने भनी प्रकाशित गरिसकेको अवस्थामा निजी तथा सार्वजानिक स्वास्थ्य संस्थाको धोर भत्सर्ना समेत गरेको छ ।

महामारीको बेला ज्यान जोखिममा राखि काममा खटिएका स्वास्थ्यकर्मीलाई मनोबल उच्च राख्नको लागि तोके बमोजिमका सेवा सुविधा उपलब्ध गराउन स्वास्थ्य संस्थालाई आग्रह गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय