झापामा थप २८ जनामा कोरोना संक्रमण, संक्रमित संख्या १०७ पुग्यो

झापामा कोरोना संक्रमण तिब्र हुँदै गएको छ। शुक्रवार थप २८ जनामा संक्रमण पुष्टि भयो। प्रदेश १ सामाजिक विकास मन्त्रालयका अनुसार कोशी अस्पताल र विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा परीक्षण गर्दा थप २८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

तीमध्ये एक जना संक्रमित भद्रपुरका हुन्। बाँकी २७ जना झापाको दक्षिणी कचनकवल गाउँपालिकाका छन्। बिहीबार पनि कचनकवलका २५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो।

कोशी अस्पताल विराटनगरकी मेडिकल सुपरिटेण्डेन्ट डाक्टर संगीता मिश्राका अनुसार कोशीमा परीक्षण गर्दा २७ जनाको पोजेटिभ देखिएको हो। धरानमा गरिएको परीक्षणमा एक जनामा पोजेटिभ देखिएको हो।

कचनकवल कोरोना भाइरसको केन्द्र बनेको छ। भारतबाट प्रवेश गरेका स्थानीयमा संक्रमण देखिएको हो। कचनकवलमा मात्रै संक्रमितको संख्या एक सय पुगेको छ।

भारतबाट भित्रिने क्रम जारी रहेको र परीक्षणमा पठाइएकाहरूको रिपोर्ट आउने क्रम जारी रहेकाले त्यहाँ संक्रमित थपिने सम्भावना पनि उत्तिकै छ। नयाँ थपिएकासँगै झापामा संक्रमितको संख्या १०७ पुगेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय