संक्रमित र मृतकको संख्या बढ्दैछ, सावधानी अपनाऔं : स्वास्थ्य मन्त्रालय

कोरोना भाइरस संक्रमणबाट मृतक र संक्रमितको संख्या बढ्दै गएको भन्दै सबैलाई सावधानी अपनाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आग्रह गरेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित कोरोना ब्रिफिङका क्रममा शुक्रबार प्रवक्ता डा. विकास देवकोटाले पछिल्लो अपडेटबारे जानकारी गराउँदै मृतकको संख्या ६ पुगेको र संक्रमितको संख्या एक हजार २१२ पुगेको जानकारी दिए।

उनका अनुसार पछिल्लो २४ घण्टामा १७० संक्रमित थपिएका छन्। हालसम्म ५२ जिल्लामा संक्रमण फैलिसकेको मन्त्रालयले जनाएको छ।

३५ वर्षीय ती पुरुषको गत जेठ १० गते भारतबाट आउने क्रममा मृत्यु भएको छ। मृत्यु पश्चात जेठ ११ गते लिएको स्याम्पल अनुसार बिहिबार कोरोना पोजेटिभ रिपोर्ट आएको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जनाकारी दिए।

महामारीको परिस्थितिमा थप सजगता र आफ्ना कार्यहरू गतिशिल बनाउनुपर्ने भएकाले सवैलाई सहयोग गर्न मन्त्रालयले आह्वान गरेको छ। अझै चुनौती बेहोर्नुपर्ने भएकाले विशेषगरी दीर्घरोगीहरू लगायतलाई आ–आफ्नो स्थानबाट सहयोग गर्न मन्त्रालयको आग्रह छ।

शुक्रबार देशभर कोरोनाको आशंकामा ९९ हजार ३ सय ३६ जना देशका विभिन्न ठाउँको क्वारेन्टिनमा रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

सबैभन्दा धेरै प्रदेश ५ मा ३२ हजार ३ सय ७३ जना, सुदूरपश्चिम प्रदेशमा २५ हजार ७ सय ६५ जना, कर्णाली प्रदेशमा १७ हजार ५ जना क्वारेन्टिनमा छन्।

त्यस्तै प्रदेश २ मा १६ हजार ६ सय ७८, प्रदेश १ मा २७ सय ४७, बागमती प्रदेशमा १९ सय ५४ र गण्डकी प्रदेशमा २८ सय १४ क्वारेन्टिनमा रहेका स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए।

पछिल्लो समय भारतबाट फर्किनेहरुको संख्या बढेसँगै देशभर क्वारेन्टिनमा बस्नेहरुको संख्या बढेको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय