कोरोनाबाट मृत्यु हुनेको संख्या ६ पुग्यो
कोरोना संक्रमणबाट नेपालमा थप एक जनाको मृत्यु भएको छ। स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार भारतबाट आएका अर्घाखाँचीका एक जनाको मृत्यु भएको हो ।
३५ वर्षीय ती पुरुषको गत जेठ १० गते भारतबाट आउने क्रममा मृत्यु भएको बताइएको छ। मृत्यु पश्चात जेठ ११ गते लिएको स्याम्पल अनुसार बिहिबार कोरोना पोजेटिभ रिपोर्ट आएको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए।
यसअघि सिन्धुपाल्चोककी महिला, नरैनापुरका युवा, गुल्मीका शिक्षक, नेशनल मेडिकल कलेजमा रौतहटका एक बृद्ध र ललितपुरको किस्ट मेडिकल कलेज शिक्षण अस्पतालमा एक कोरोना संक्रमितको मृत्यु भएको पुष्टि भएको थियो।