प्रदेश २ मा थपिए ९६ जना, ५० जना रौतहटको एउटै क्वारेन्टाइनका

प्रदेश २ मा एकैदिन ९६ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन्। शुक्रबार ९६ जना थपिएसँगै प्रदेश २ मा कोरोना संक्रमितको संख्या ४९६ पुगेको छ।

समाजिक विकास मन्त्रालयका सचिव डा.रामप्रसाद घिमिरेले शुक्रबार सबैभन्दा बढी रौतहटमा ७३ जनामा कोरोना पुष्टि भएको बताएका छन्। रौतहटको राजपुर नगरपालिकास्थित राजपुर फहतवा क्वारेन्टाइनमा रहेका ५० जनामा कोरोना पुष्टि भएको उनले जानकारी दिएका छन्।

यसैगरी रौतहटकै बैधीमाइ नगरपालिकाको सरमझुवा क्वारेन्टाइनका २, महुलापुर नगरपालिकाको फतौरा प्राथमिक स्वास्थ्य केन्द्र क्वारेन्टाइनका ६ र ईशनाथ नगरपालिकाका डुमरीया क्वारेन्टाइनका १५ जनामा संक्रमण पुष्टि भएको छ।

यसैगरी सप्तरीको राजविराज नगरपालिकामा पाँच, धनुषाको खजुरी क्वारेन्टाइनमा रहेकी ५० वर्षीय एक महिला, सर्लाहीको कोडौना नगरपालिकाका २ र मलंगवा नगरपालिकामा २ जनामा संक्रमण देखिएको छ।

बाराको पचरुद्ध गाउँपालिकास्थित क्वारेन्टाइनका ४ र पर्साको जीराभवादी क्वारेन्टाइनका १ र पोखरिया नगरपालिका क्वारेन्टाइनका ८ जनामा संक्रमण पुष्टि भएको सचिव घिमिरेले जानकारी दिएका छन्।

तिव्र रुपले बढिरहेको संक्रमणले समस्या निम्तिएको उनको भनाइ छ। उनले सीमति स्रोतसाधनको अधिकतम प्रयोग गररे प्रदेश सरकार कोरोना रोकथाम तथा नियन्त्रणमा लागिपरेको बताए। बढ्दो संक्रमणले चुनौतीका बीच आइसोलेसन तथा क्वारेन्टाइन संख्या बढाउने कार्य भइरहेको उनले जनाएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय