एकैदिन १७० जनालाई कोरोना संक्रमण, कुल संक्रमित १२१२

नेपालमा विभिन्न जिल्लामा थप १७० जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। योसहित नेपालमा संक्रमण संंख्या १२१२ पुगेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित कोरोना ब्रिफिङका क्रममा शुक्रबार प्रवक्ता डा. विकास देवकोटाले कुल संक्रमितको संख्या १२१२ पुगेको जानकारी दिए।

विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा यति ठुलो संख्यामा संक्रमण पुष्टि देखिएको हो। एकैपटक यति धेरै सक्रमण फेला परेको पहिलो पटक हो।

शुक्रबार संक्रमित पुष्टि भएका ६५ जना पुरुष छन् भने ५  महिला रहेका छन् । कुल संक्रमितमध्ये २ सय ६ जना निको भएर डिस्चार्ज भएको मन्त्रालयले जनाएको छ।

कुल संक्रमितमध्ये १ हजार १ सय ३ पुरुष र १ सय ९ महिला रहेका छन्। प्रदेशगत रूपमा हेर्दा प्रदेश १ मा १ सय ५७, प्रदेश २ मा ४ सय ९०, वागमती प्रदेशमा ४४, गण्डकी प्रदेश २०, प्रदेश ५ मा ४ सय ३३, कर्णाली प्रदेशमा ४७ र सुदूरपश्चिम प्रदेशमा २१ जनामा संक्रमण देखिएको छ ।

हालसम्म ५२ जिल्लामा कोरोना संक्रमण देखिएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय