महोत्तरीका जिल्ला समन्वय अधिकारीलाई कोरोना संक्रमण

महोत्तरीका जिल्ला समन्वय समिति अधिकारी कोरोना संक्रमित भएका छन्। विहिबार महोत्तरीका १७ जनामा कोरोना पुष्टि भएकोमा जिल्ला समन्वय अधिकारीमा समेत संक्रमण देखिएको हो।

जलेश्वर नगरपालिकाका कार्यकारी अधिकृतको समेत जिम्मेवारी वहन गर्दै आइरहेका उनीसहित खरिदार दर्जाका उनका सहयोगी र चालकमा संक्रमण पुष्टि भएको महोत्तरीका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले जानकारी दिए।

‘समन्वय समितिका अधिकारी, उनका एकजना सहयोगी र चालकमा संक्रमण पुष्टि भएको छ,’ प्रमुख जिल्ला अधिकारी खत्रीले भने,‘उहाँ सबैजना अहिले आइसोलेसनमा हुनुहुन्छ।’

जिल्ला समन्वय अधिकारी र उनका चालक सशस्त्र प्रहरीले काठमाण्डौंको बलम्बुमा तयार पारेको आइसोलेसनमा र सहयोगी कर्मचारी जलेश्वर अस्पतालको आइसोलेसनमा रहेको उनले जानकारी दिए।

जिल्ला समन्वय समितिका साथै नगरपालिकाका समेत कार्यकारी अधिकृतको जिम्मेवारीमा रहेकोले उनी नियमित बैठक, मिटिङ तथा भेटघाटमा व्यस्त रहँदै आएका थिए।
प्रमुख जिल्ला अधिकारी खत्रीले ‘उहाँहरूमा पोजिट रिपोर्ट देखिए लगत्तै कन्ट्याक्ट ट्रेसिङ गर्नु काम सुरु भइसकेको’ बताए।

यता सामाजिक विकास मन्त्रालयको आपूर्ति महाशाखामा कार्यरत एक कर्मचारी तथा धनुषाकै क्वारेन्टाइनमा खटिएका एक स्वास्थ्यकर्मीमा समेत संक्रमण पुष्टि भएको छ।

आपूर्ति महाशाखामा कम्प्युटर अपरेटर पदमा कार्यरत एक महिला कर्मचारीमा कोरोना पुष्टि भएको मशाहाखा स्रोतले जनाएको छ। यसैगरी धनुषाको लक्ष्मिीनयाँ गाउँपालिकाले सञ्चालन गरेको क्वारेन्टिाइनमा खटिएका एक स्वास्थ्यकर्मीमा संक्रमण पुष्टि भएको छ। विहिबार लक्ष्मिनीयाँ गाउँपालिकाको क्वारेन्टिाइनका १८ जनामा संक्रमण भएको विवरण सार्वजनिक भएको थियो।

यसका साथै जनकपुरमा सञ्चालनमा रहेको स्थानीय टेलिभिजनमा कार्यरत एक प्राविधिकमा समेत संक्रमण पुष्टि भएको बताइएको छ। जनकपुरको अप्पन टेलिभिजनमा कार्यरत प्राविधिकमा संक्रमण देखिएको छ।

संक्रमण पुष्टि भएका आपूर्ति महाशाखाका कर्मचारी, स्वास्थ्यकर्मी र टेलिभिजनका प्राविधिकलाई प्रादेशिक अस्पतालको आइसोलेसनमा भर्ना गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय