भक्तपुरकी जनप्रतिनिधिले एक हप्तामै जितिन् कोरोना

कोरोना संक्रमित भक्तपुर नगरपालिकाकी महिला जनप्रतिनिधिले एक हप्तामै कोरोना जितेकी छन्।

भक्तपुर नगरपालिकाकी ४२ वर्षीया महिला जनप्रतिनिधिमा ९ जेठमा कोरोना संक्रमण पुष्टि भएपछि पाटन अस्पताल भर्ना गरिएको थियो। दोश्रो पटक गरिएको परीक्षणमा विहीबार उनको रिपोर्ट नेगेटिभ आएपछि बिहिबार उनलाई अस्पतालले डिस्चार्ज गरेको छ।

संक्रमित जनप्रतिनिधिको दोस्रो रिपोर्ट नेगेटिभ आएपछि अस्पतालले डिस्चार्ज गरेको भक्तपुर नगरपालिकाका मेयर शुनिल प्रजापतिले जानकारी दिए।

भक्तपुरमा अहिलेसम्म चार जनामा भाइरसको संक्रमण देखिएको छ। संक्रमण भित्रिएकाले सतर्कता उच्च अपनाइएको मेयर प्रजापतिले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय