मृत अवस्थामा भेटिइन् अनमी

 

तेह्रथुमको मेन्छ्यायेम स्वास्थ्य चौकीमा कार्यरत अनमी तनुजा कार्की मृत अवस्थामा भेटिएकी छन्।

मोरङ उर्लाबारी आइतबारे घर भई तेह्रथुमको मेनछ्यायेम स्वास्थ्य चौकीमा कार्यरत कार्की जेठ १३ गते मंगलबार तेह्रथुम बसपार्क नजिक रहेको सन्तोषी होटलमा मृत अवस्थामा भेटिएकी हुन्।

जेठ १३ गते साँझ साढे ४ बजे तनुजा होटलको कोठामा झुण्डिएको अवस्थामा फेला परेकी प्रहरीले जनाएको छ। ‘शव पोष्टमार्टमका लागि पठाएका छौं,’ जिल्ला प्रहरी कार्यालय तेह्रथुमका डिएसपी नवीन किशोर प्रधानले भने, ‘घटनाबारे अनुसन्धानका लागि एक जनालाई नियन्त्रणमा लिएका छौं।

घटनाबारे थप अनुसन्धान भइरहेको छ।’

अनमी कार्कीको शव आफन्तले बुझिसकेका छन्। गत माघमा विदाका घर आएका समयमै उनले कार्यरत संस्थामा गाहे परेको भन्दै सरुवाका लागि पहल गरिदिन आग्रहसमेत गरेकी थिइन् ।

उनी परिवारसँग रोएको र परिवारले परिवारसँग छुट्टिएर बस्न गाहे भएको होला भन्ने सोचेर सम्झाएर पठाएको आफन्तले जनाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय