अमेरिकामा कोरोनाबाट २४ घण्टामा १३ सयको मृत्यु, मृतक १ लाख ३ हजारभन्दा बढी

कोरोना भाइरसको संक्रमणबाट अमेरिकामा बितेको चौबिस घण्टामा १ हजार तिनसयको मृत्यु भएको छ। योसँगै अमेरिकामा भाइरसबाट ज्याम गुमाउनेको संख्या १ लाख ३ हजार ३ सय ३० जना पुगेको छ। बितेको चौबिस घण्टामा मात्रै १ हजार २ सय ९७ जनाको भाइरसका कारण ज्यान गएको छ।

अमेरिकामा अहिलेसम्म १७ लाख ६८ हजार ४ सय ६१ जनामा भाइरसको संक्रमण रहेको पुष्टि भएको छ भने ४ लाख ९८ हजार ७ सय २५ जना उपचारपछि निको भइ घर फर्किसकेका छन। संक्रमितमध्ये १७ हजार २ सय २ जनाको अवस्था गम्भीर रहेको छ। अमेरिकामा १६ करोड ३३ लाख १३ सय १२ जनाको स्वास्थ्य परीक्षण गरिएको छ।

ब्राजिलमा ४ लाख ३८ हजार ४ सय १२ जनामा भाइरसको संक्रमण देखिएको छ भने २६ हजार ७ सय ६४ जनाको मृत्यु भएको छ। रसियामा रहेका ३ लाख ७९ हजार ५१ जना संक्रमितमध्ये ४ हजार १ सय ४२ जनाको ज्यान गएको छ।

त्यस्तै, स्पेनका २ लाख ८४ हजार ९ सय ८६ मा २७ हजार १ सय १९, बेलायतका २ लाख ६९ हजार १ सय २७ मा ३७ हजार ८ सय ३७, इटालिका २ लाख ३१ हजार ७ सय ३२ मा ३३ हजार १ सय ४२, फ्रान्सका १ लाख ८६ हजार २ सय ३८ मा २८ हजार ६ सौ ६२, जर्मनिका १ लाख ८२ हजार ४ सय ५२ मा८ हजार ५सय ७० जना र भारतमा रहेका १ लाख ६५ हजार ३ सय ८३ जना भाइरसका संक्रमितमध्ये ४ हजार ७ सय ११ जनाको मृत्यु भएको छ।

योसँगै विश्वभर कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्या ३ ल्काह ६२ हजार २४ पुगेको छ भने ५९ लाख ५ हजार ४ सय १५ जना संक्रमित भएका छ्न। संक्रमितमध्ये २५ लाख ७९ हजार ६ सय ७८ जना उपचारपछि निको भइ घर फर्किसकेका छन्।

नेपालमा अहिलेसम्म कोरोना भाइरसबाट ५ जनाको मृत्यु भएको छ भने १ हजार ४२ जनामा संक्रमण रहेको पुष्टि भएको छ। संक्रमितमध्ये १ सय ८७ जना निको भएका छन्। बाँकी मृतक र संक्रमितको संख्या अन्य देशमा रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय